१६ चैत्र २०८०, शुक्रबार

विराटनगरमा चोरी तस्करीमा ट्रक नै संलग्न, प्रहरी भन्छ-‘अनुसन्धान गरिरहेका छौँ’

संवाददाता

विराटनगर । चोरी तस्करी गरेको सामान सहित ट्रक नै प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका वडा नं.–१० बाट ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरी ल्याएको सामान सहित प्रहरीले नियन्त्रणमा लिएको हो । भन्सार छलेर नेपाल भित्र्याएको चार हजार २ सय किलो केराउलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काभ्रे जिल्लाको पाँचखाल ६ बस्ने बर्ष ५२ को ट्रक चालक गोपालनाथ राईले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि त्यो केराउ ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसरी भन्सार छली सामान ल्याएको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
प्रहरीले अर्को सवारी साधनबाट पनि अबैध कपडा बरामद गरेको छनाएको छ। बिराटनगर महानगरपालिका वडा नम्बर ११ बाट प्रहरीले भारतीय मोटरसाईकल सहित अबैध कबडा बरामद गरेको हो । प्रहरीले भारतको अररिया नगर पञ्चायत ९ जोगवनी बस्ने बर्ष २९ को अनोज सिंहलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले बरामद गरेको केराउ र कपडागरि करिब २५ लाख बराबरको सामान बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको डिएसपी श्रेष्ठले जानकारी दिए । भन्सार नै नतिरी भारतबाट नेपाल तर्फ कुन हिसावबाट सामान आयो भन्ने बारेमा अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्