०६ चैत्र २०८०, मंगलबार

वेलवारीकी उपमेयर पराजुलीको तीज गीत ‘नाच्ने हो छमछमी’ सार्वजनिक

संवाददाता

‘नाच्ने हो छमछमी’ सार्बजनिक

विराटनगर । मोरङको बेलबारी नगरपालिकाकी उपमेयर एवम् गीतकार, कवि तारा पराजुलीको रचना रहेको तीज गीत ‘नाच्ने हो छमछमी’ सार्बजनिक भएको छ। म्युजिक भिडियोसहित बुधबार उनले लेखेको गीत सार्बजनिक भएको हो । उपमेयर पराजुलीको रचना रहेको गीतलाई गायिका सरु गौतम र गायक आर सी सापकोटाले स्वर दिएका छन्।
हरेक बर्ष भाद्र महिनामा पर्ने नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरि गीत सार्बजनिक भएको हो । गीतको सङ्गीत भीम विसीले गरेका छन्। यसैगरी एरेन्ज नरेन्द्र वियोगीले गरेका छन्। म्युजिक भिडियोमा कलाकारहरु मेक्सम खाती,विना राउत,सोनी महत, कजिश श्रेष्ठ लगायतको अभिनय रहेको छ। म्युजिक भिडिओमा कलाकारहरुको राम्रो प्रस्तुति रहेका कारण उक्त गीतले उत्कृष्ट भएकोले दर्शकको मन जित्ने गायिका सरु गौतमले बताईन् ।
बर्षेनी नेपाली नारी जगतले गर्वका साथ उल्लासमय ढंगले मनाउँने तीज पर्व पछिल्लो समय तडक भडक र अनावश्यक भड्किलो हुँदै गएकोले तीज पर्वको मौलिकता गरिमा जोगाउँन तिज गीतले समेट्नु पर्ने बिषयहरु समेटिएको गीतकार तरा पराजुलीले बताईन् ।

पराजुलीले वर्तमान समयमा चर्चामा रहेका गायकगायिकाहरुले गीतमा स्वर दिएको,संगीत क्षेत्रमा सफल संगीतकारद्वारा संगीत भएको र प्रतिभाशाली कलाकाकारहरुको अभिनय रहेकोले उक्त गीत सफल बन्ने दाबी गरिन् । तीज गीत वेभ रेकर्डिङ स्टुडियो अनामनगरले रेकर्डिङले बजारमा ल्याएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्