१५ बैशाख २०८१, शनिबार

प्रदेश लोकसेवा आयोगको सक्रियता, पहिलो पटक पदपुर्तिको काम शुरु

संवाददाता

प्रदेश १ लोकसेवा आयोग

विराटनगर । प्रदेश १ लोकसेवा आयोगले आफ्नो कार्य शुरु गरेको छ । प्रदेश लोकसेवा आयोग गठन भएको दुई बर्ष पछि लोकसेवा आयोगले पदपुर्तिको काम शुरु गरेको हो । प्रदेश १ मा पहिलो पटक प्रदेश लोकसेवा आयोगले शुक्रवार पहिलो परीक्षा लिएको हो । प्रदेश १ लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको पदपूर्तिका मागका आधारमा परीक्षा लिन शुरु गरेको आयोगको कार्यालयले जनाएको छ ।
इन्जिनियरिङतर्फ चौथो र पाँचौ तहको पदका लागि परीक्षा लिएको हो । इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, सहायकस्तर चौथो, असिस्टेन्ट.सब–इन्जिनियरको परीक्षा शुक्रबार भएको हो भने इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, सहायकस्तर पाँचौ, सब–इन्जिनियरको परीक्षा शनिवार भएको हो । स्थानीय तह र प्रदेशमा कर्मचारीको चरम अभाव हुँदा पनि लोकसेवाले भर्ना प्रक्रिया अगाडि बढाउन नसकेको भनी आलोचना हुँदै आएको थियो । आयोगले पहिलो चरणमा आब्हान गरेको ११६ जनाको पदका लागि प्रदेश लोकसेवामा १० हजार १४७ जनाले दरखास्त परेको थियो ।
५० हजारको दरखास्त
४३३ पदका लागि ५० हजारको दरखास्त परेको लोकसेवा आयोगले जनाएको छ। प्रदेश लोकसेवाले स्थानीय तहका लागि कृषि प्राविधिक, इन्जिनियरिङ सर्भे र शिक्षा प्राविधिक सहायक तर्फका लागि खुलाएको विज्ञापनमा ५० हजार ९११ जनाको दरखास्त दिएका छन् । कर्मचारी समायोजनमा स्थानीय तहमा कर्मचारी जान नमानेको अबस्थामा प्रदेश लोकसेवाले आह्वान गरेको दरखास्तमा भने आर्कषण देखिएको छ। आयोगले कृषि प्रसार, हल्र्टीकल्चर, कृषि प्रसार, बाली संरक्षण, भेटनरी लगायतका पदमा कर्मचारी भर्नाको माग गरेको छ। इन्जिनियरिङतर्फ सर्भे चौथो र पाँचौ तह र शिक्षा प्राविधिक सहायक पाँचौ तहमा पनि दरखास्त आह्वान गरिएको छ।
इन्जिनियरिङतर्फ २३० र शिक्षा प्राविधिक सहायकतर्फ २३ पदका लागि आयोग पदपुर्तिको लागि आवेदन माग गरेको छ। जसबाट हालसम्म एक करोड ८२ लाख ९११ रुपैयाँ राजश्व संकलन गरेको आयोगले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्