०६ चैत्र २०८०, मंगलबार

बिराटनगरबाट जहाजको सुबिधा सहितको बस सञ्चालनमा, बसमा करोडौँको लगानी

संवाददाता

विराटनगर-काठमाडौँ संचालनमा आएको बुलेट एसीबस

विराटनगर । प्रदेश १ का बिभिन्न सहरबाट काठमाडौँका लागि बुलेट एसी बस संचालनमा आएकोछ । बुलेल एसी प्रा.लि.ले काठमाडौँदेखि बिराटनगर, काँकडभिट्टा, धरान लगायतका सहरबाट बुलट एसी बस संचालनमा ल्याउन लागेको हो । विराटनगर–काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसमा यात्रा गने यात्रुको लागि दशैसम्मका लागि १५ सय भाडा कायम गरिएको बुलेट एसी बस प्रा.लि.ब्यवस्थापन कार्यालय विराटनगर बसपार्कका कर्मचारी राजु धमलाले बताए ।
नयाँ शुरुवात गरेको कारण १५ सयमा यात्रु बोक्ने तयारी भएको उनले जानकारी दिए । दशै अगाडीको लागि यो अफर शुरु भएको हो । आज काठमाडौबाट हिँडेको बस भोली देखि बिराटनगरबाट छुट्ने छ। सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस संचालनमा ल्याएका हुन् । ५ करोड ५० लाखको लागतमा संचालनमा ल्याईएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दाबी संचालकको छ। लक्जरियस सिट–बेल्ट, ट्राभल्स किट (पञ्जा, ज्वरोको औषधी, वान्ता नआउने औषधी, साधारण औषधी, पानी सहितको ब्यवस्था) को ब्यवस्था गरिएको छ। कोभिडको त्रासको बेलामा यात्रुलाई सुरक्षित राख्नको लागि पुर्ब तयारी हुने गरेको धमलाले बताए । यो समुहले अहिले ७ वटा बस खरिद गरेर संचालनमा ल्याएको जनाएको छ। समयलाई ध्यानमा राखेर निर्धारित समयमा छुटेको बस समयमा नै गन्तब्यमा पुग्ने संचालकको दाबी छ। यात्राको लागि यात्रुले अनलाईन तथा बुकिङ काउटरबाट टिकट लिन पाउने ब्यवस्था गरिएको छ । बुलेट बस सञ्चालक समुहले २७ सिटर बस २।१ सोफा लक्जरि सिट सहितको बसहरु संचालनको तयारीमा गरेको छ । बस भित्रै सौचालय भएको बस संचालनमा ल्याउने तायारी गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्