१२ बैशाख २०८१, बुधबार

शिल्पीको नाट्य यात्रा शुक्रबार विराटनगरमा

नाटक हेर्नुहोस् परस्कार जित्नुहोस्

संवाददाता

विराटनगर । झापा, मोरङ र सुनसरीमा शिल्पी नाट्य यात्रा शुरु भएको छ। नाटक प्रत्यक जिल्लामा ७ मञ्चन गर्ने गरि आजदेखि नाट्य यात्रा शुरु भएको शिल्पीका परिकल्पना तथा निर्देशक घिमिरे युवराजले बताए । शिल्पी नाट्य यात्रामा नाटक हेर्दै पुरस्कार जित्ने अवसर पनि प्रदान गरिएको निर्देशक घिमिरेले बताए । नाटक हेर्नुहोस् परस्कार जित्नुहोस् योजना अन्तरगत उत्कृष्ट ४ कवितालाई जनही २५ हजार दिईने निर्देशक घिमिरेले मकालुखबरलाई जानकारी दिए । कात्तिक ५ गते विराटनगरमा दिउँसो ३ बजे नर्थ साउथ कलेक्टिभको कार्यालय पाञ्चालीमा हुने छ । शिल्पी थिएटरको मुक्त रङ्गमञ्च नाम दिईएको उक्त नाटक यात्रामा ठुला माछा साना माछाको मञ्चन हुनेछ । यो यात्रा कात्तिक ४ गतेदेखि १७ गतेसम्म झापा, मोरङ र सुनसरीको मुख्य सहरहरुमा हुने शिल्पीका निर्देशक घिमिरे युवराजको भनाई छ ।
शिल्पी थिएटर वि.सं. २०६३ बैशाख ११ गते काठमाडौँमा स्थापित थिएटर हो । शिल्पीले गाउँमा रङ्गमञ्च कार्यक्रम अन्तर्गत नेपालभरि नै दर्जनौं नाट्य समूहहरूलाई तालिम दिइसकेको छ । ती समूहहरूले आ–आफ्नो स्थानीय भाषा र कथामा नाटक मञ्चन गरिरहेका छन् । शिल्पीले सामाजिक, राजनीतिक विषयमा नेपालका धेरै जिल्लामा पटक–पटक मुक्त रङ्गमञ्चको यात्रा गरेको निर्देशक घिमिरे युवराज बताउँछन् ।
के हो मुक्त रङ्गमञ्च
खुल्ला ठाउँमा कसरी सिर्जनात्मक र स्वतन्त्र रङ्गकर्म गर्न सकिन्छ भन्ने एउटा अभ्यास हो मुक्त रङ्गमञ्च । तीनतिर दर्शक राखेर मञ्चन गरिने यस किसिमको नाट्य प्रस्तुतिमा सजिलै खोल्न र जोड्न मिल्ने मञ्च निर्माणका सामग्री हुन्छन् । फलामका तीन वटा फ्रेममा कालो पर्दा राखेर कलाकारहरूका लागि नेपथ्य तयार गरिन्छ । बीचको फ्रेमको चौडाई ८×८ फिट हुन्छ भने छेउ–छेउमा राखिएका फ्रेम ४×५ फिटका हुन्छन् । तुना भएको पर्दा सजिलैसँग फ्रेममा बाँध्न सकिन्छ । वाद्यवादक छेउको सानो फ्रेम पछाडि बस्न सक्छन् । नाट्य मञ्चका यी सबै सामग्रीहरू एकैछिनमा लगाउन सकिने र एकैछिनमा निकाल्न सकिने तरिकाले बनाइएको हुन्छ । ‘हामी खुल्ला ठाउँलाई रङ्गमञ्च बनाउँछौं , निर्देशक युवराजले भने, यस किसिमको नाट्य प्रस्तुतिमा दर्शकहरू मञ्चको असाध्य नजिक र सम्मानित स्थानमा हुन्छन् । दर्शकका लागि विचार राख्ने ठाउँ सुरक्षित राख्नु र दर्शकका कथा सुन्नु यस शैलीको विशेषता हो ।’
नाटकपछि दर्शकहरूले आफ्नो कथा भन्ने छन् । पात्रहरूको दुःख र संघर्षका कथाहरूको अभिव्यक्ति मुक्त रङ्गमञ्चको प्रमुख कथानक हो । उत्पीडितहरूको स्वर हो मुक्त रङ्गमञ्च । यस किसिमको मञ्च व्यवस्था कलात्मक, कम खर्चिलो र कम झंझटिलो हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्