०८ बैशाख २०८१, शनिबार

भारतीय भन्सार प्रमुखसँग नेपाल–भारत ब्यापार सहजीकरण गर्न विराटनगरका ब्यापारीको माग

संवाददाता

विराटनगर । नेपाल भारत सहजीकरणका लागि बिराटगरका ब्यापारीले भारतीय भन्सार जोगवनीका भन्सार प्रमुख पी.के. कट्यारसँग भेटेका छन् । सामानको आयात निर्यातमा हुने समस्यलाई सहजीकरणको लागि भारतीय भन्सार प्रमुखसँग भेटेको मोरङ ब्यापार सघले जनाएको छ। भारतीय भन्सारका अधिकारीहरुसँग भेट गरी नेपाल–भारत व्यापार सहजीकरण विषयहरुमा छलफल गरेको संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले जानकारी दिए । पटनाको कस्टम्स कमिश्नरद्वारा गठित कस्टम्स क्लियरेन्स फेसिलिटेशन कमिटी (सी.सी.एफ.सी.)को सदस्यको रुपमा रहेको मोरङ व्यापार संघले सीमानाका भारतीय पक्षबाट हुने अबरोधको बारेमा जानकारी गराएको थियो । संघका अध्यक्ष प्रकाश मून्दडाको नेतृत्वमा गएको संघको टोली मोरङ–सुनसरी आर्थिक कोरिडोरलाई भारतले विशेष सहजीकरण गर्दै जानु पर्ने बताउँदै नेपाल–भारत व्यापार, परिवहन र विभिन्न विषय समेटेर सुझाव दिएको थियो ।
जोगबनी र विराटनगरको आई.सी.पी.हरुमा निर्मित रेल्वे यार्ड तत्कालै संचालनमा ल्याउनु पर्ने, रेल्वे ¥याक मार्फत नेपालका लागि जोगबनी स्टेशन आउने मालवस्तुहरु हाललाई विराटनगर भन्सार कार्यालयबाटै जाँच पास गराउने व्यवस्था गरिनु पर्ने, संघले उठाएको माग बमोजिम बथनाहामा निर्माणाधिन मीरगञ्ज पुलको बैकल्पिक पुलको निर्माण कार्य तत्कालै सम्पन्न गरी शिघ्रताका साथ संचालनमा ल्याउनु पर्ने सुभलाव दिएको छ। भन्सार जाँच पासका पूर्वाधारहरु थप गर्दै जाँच पास कार्यलाई तिव्रता दिइनु पर्ने, नेपाली कृषि उपजहरुको निर्यातमा सहजीकरण हुने गरी पूर्वाधारहरु निर्माण गरिनु पर्ने, भारतको दलखोला स्थित रेल्वे जक्सन पार गर्न मालवाहक सवारी साधनहरुका लागि फ्लाइओभर निर्माण गर्नु पर्ने पनि सुझावमा भनिएको छ। जोगबनीमा अध्यागमन सुविधा उपलब्ध गराउनु पर्ने, जोगबनी स्टेशनको सौन्दर्यता बढाउँदै भारतका विभिन्न शहर पुग्ने रेल्वेहरु थप गर्नु पर्ने सुझाव दिईएको वरिष्ठ उपाध्यक्ष रिजालले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्