Click Biratnagar
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) कोशी प्रदेशका अध्यक्ष एवं प्रतिष्ठित व्यवसायी राजेन्द्र राउत ‘कर्पोरेट इन्डस्ट्री लिडर २०२६’ अवार्डबाट सम्मानित भएका छन्।
’कर्पोरेट बिजनेस म्यागजिन’ को आयोजनामा सम्पन्न ‘१८औँ कर्पोरेट बिजनेस अवार्ड २०२६’ अन्तर्गत राउतलाई यो विशेष सम्मान प्रदान गरिएको हो। व्यापारिक र आर्थिक क्षेत्रमा पुर्याएको उत्कृष्ट नेतृत्व, व्यावसायिक कुशलता र उल्लेखनीय योगदानको उच्च कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको हाे।
राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले राउतलाई उक्त अवार्ड र प्रमाणपत्र हस्तान्तरण गरे। कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति ढकाल, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा र कर्पोरेट बिजनेस म्यागजिनका अध्यक्ष उज्वल जंग पराक्रम शाह लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
लामो समयदेखि कोशी प्रदेश र समग्र देशको आर्थिक तथा औद्योगिक विकासमा सक्रिय राउत यो सम्मान पाएसँगै निजी क्षेत्रको मनोबल थप उच्च भएको व्यवसायीहरूले बताएका छन्।कार्यक्रममा पाँचवटा विधामा कूल २९ वटा अवार्ड प्रदान गरिएको थियो ।