०८ बैशाख २०८१, शनिबार

विराटनगरबाट संचालित नेरुडेको मुनाफा १९ करोड

संवाददाता

विराटनगर । विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लि.ले १९ करोड बढी मुनाफा गरेको छ। पन्ध्रौ वार्षिक साधारण सभाको अबसरमा आयोजित कार्यक्रममा ९ करोड १० लाख ६४ हजार ८ सय रुपैयाँ मुनाफा गरेको जनाएको हो ।
वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डा. भेष प्रसाद धमलाले आर्थिक वर्ष २०७७÷७८ मा ७ अर्व ९० करोड ऋण लगानी गरेको जानकारी दिए । २ अर्व ६१ करोड बचत संकलन गरी सम्पुर्ण कारोवार समावेश पछिको खुद मूनाफा १९ करोड १० लाख ६४हजार ८ सय ४६ रुपैयाँ आर्जन गरेको धमलाले जानकारी दिए ।
वित्तीय संस्थाले १ लाख ४८हजार ३२ घर परिवारमा लघुवित्त सेवा पु¥याई ९० हजार १ सय ७८ ऋणी सदस्यहरु मार्फत कारोबार परेको पनि जानकारी दिईएको छ।
साधारणसभाले सम्पुर्ण शेयरधनीहरुलाई आ.ब.२०७७÷७८ को वितरण योग्य मुनाफावाट २१ दशमलव ४८ प्रतिशत वोनश शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश (वोनश शेयरको कर)वितरण गर्ने निर्णय पारित गरेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वोनश वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ६० करोड पुगेको जानकारी गराए । साधारण सभाले सर्वसाधारण शेयरधनीहरु मध्येवाट सुधिर कुमार श्रेष्ठ र बलराम बराललाई वित्तीय संस्थाको संचालकमा निर्विरोध चयन गरेको छ ।
राष्ट्रिय स्तरको नेरुडे लघुवित्त वित्तीय संस्थाले हाल ३१ जिल्लामा १०७ वटा शाखा कार्यालय मार्फत १ लाख ५४ हजार विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको कम्पनी सचिव ऋषि प्रसाद न्यौपानेले जानकारी दिए । संस्थाले उत्कृष्ट लक्ष्य प्रगति गर्ने शाखाहरु तेतरिया, चिमिडि, झुम्का र बोदेबरसाइनलाई प्रति शाखा २५ हजार नगद सहित सम्मान गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्