१२ बैशाख २०८१, बुधबार

ईमानको अध्यक्षमा विराटनगरका खतिवडा

संवाददाता

विराटनगर । नेपाल शैक्षिक बजार व्यवस्थापन संघ नेपाल (ईमान)को अध्यक्षमा माधव खतिवडा निर्वाचित भएका छन् । शनिवार विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले मोरङका खतिवडा सहित १४ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् । इमानको वरिष्ठ उपाध्यक्षमा प्रेम अधिकारी, उपाध्यक्षमा दिलकुमार पुरी, महासचिवमा रन्जन भट्टराई, कोषाध्यक्षमा अच्यूत खतिवडा, सचिवमा नारायण सुवेदी र सह कोषाध्यक्षमा कबिराज भट्टराई निर्वाचित भए ।
यस्तै केन्द्रीय सदस्यहरूमा प्रेमप्रसाद खनाल, प्रमोद विश्वास, विषम दाहाल, संजीव चौधरी, गुरु खनाल, उमेश खनाल र प्रदिप सुवेदी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितीका संयोजक विष्णु गेलालले जानकारी दिए । १७ सदस्यीय केन्द्रीय कार्यसमितिमा बाँकी तीन जना सदस्य मनोनित गरिने नव निर्वाचित अध्यक्ष खतिवडाले बताए । इमानको कार्यकाल तीन वर्षको हुनेछ । नव निर्वाचित कार्यसमितिलाई महाधिवेशनका प्रमुख अतिथी तथा ईमानको प्रमुख सल्लाहकार वेदेन्द्र ढकाल, निर्वाचन समिती संयोजक विष्णु गेलाल र इमानका प्रेस सल्लाहकार सुदिप कोइरालाले ईमानलाई सवै जिल्लामा विस्तार गर्न सुझाव दिए । नव निर्वाचित अध्यक्ष माधवप्रसाद खतिवडाले हरेक मंसिर ६ गतेलाई इमान स्थापना दिवस मनाउने घोषणा गरे ।

यहाँ कमेन्ट गर्नुहोस्