१६ मंसिर २०७९, शुक्रबार

नेपाल पुस्तक तथा ब्यवसायी संघ मोरङको १७ सदस्यीय कार्यसमिती चयन

संवाददाता

पुस्तक तथा स्टेसनरी ब्यवसायीहरुको संगठन नेपाल पुस्तक तथा ब्यवसायी संघ मोरङको १ नं ईकाईको अधिवेशनले तेजनाथ अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरेको छ । शनिवार बिराटनगरमा सम्पन्न दोस्रो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा परमानन्द सिंह, उपाध्यक्षमा नवीन रेग्मी, सचिवमा सुशील घिमिरेलाई चयन गरेको छ । यस्तै सहसचिवमा चुडामणी भण्डारी र कोषाध्यक्षमा प्रमोद विश्वास चयन भए । नव निर्वाचित सचिव घिमिरेका अनुसार सदस्यहरूमा नवराज पराजुली, अविलास अग्रवाल, बिनोद सिग्देल, रमेश भट्टराई, रवि क्षेत्री, दिलिप श्रेष्ठ, यतिराज पोखरेल, चन्द्रदेव केसरी, निरज आचार्य, दिपेन्द्र घिमिरे र गोपाल पोखरेल चयन हुनुभएको छ । २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व सर्वसहमत चयन भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्