१४ बैशाख २०८१, शुक्रबार

‘ईष्ट टुरिजम मार्ट’ माघमा धरानमा हुने

संवाददाता

विराटनगर । आगामी माघ १ देखि ३ गतेसम्म सुनसरीको धरानमा ‘ईष्ट टुरिजम मार्ट’ हुने भएको छ। विगत ३ वर्षदेखि धरानमा हुँदै आएको मार्टलाई यस वर्ष पनि निरन्तरता दिइने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए ।

मार्ट सम्पन्न गर्न उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश पर्यटन समिति संयोजक भविशकुमार श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय मार्ट व्यवस्थापन तथा स्थानीय आयोजक समिति गठन भएको  छ  ।

नेपाल पर्यटन बोर्डले प्रदेश १  को धरानमा मार्ट गर्न  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश १ लाई अनुरोध गरे अनुसार प्रदेश १ को पर्यटकीय सहर धरानमा मार्ट गर्न लागिएको व्यवस्थापन  समितिका संयोजक भविस श्रेष्ठले जानकारी दिए ।

प्रदेश १ का पर्यटन व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई उपलब्ध गराउने पर्यटकीय गतिविधि एवं सेवाहरूको प्रवर्द्धन तथा बजारीकरणका लागि  टेवा पुग्ने बताए ।  भारत सहितका छिमेकी देशहरूबाट पर्यटक ल्याउने बारेमा पनि  मार्टले भूमिका खेल्ने उनको भनाई छ ।

सम्भाव्य अन्य स्रोत बजारका टुर अपरेटर र पर्यटन सम्बद्ध व्यक्तिहरूबीच व्यावसायिक अन्तरक्रियाद्वारा प्रदेशको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास समितिले लिइएको श्रेष्ठले जानकारी दिए ।

प्रदेश स्तरीय पर्यटन व्यवसायीहरूको व्यावसायिक विकास विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टुर अपरेटरहरूसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न मार्टले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमले भूमिका खेल्ने आयोजकको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्