१३ बैशाख २०८१, बिहिबार

झापा गोल्डकप फागुनमा हुने

संवाददाता

विराटनगर । झापा गोल्डकप फागुन २१ गतेदेखि हुने भएको छ । पाँचौँ संस्करण अन्तरगत दुई बर्ष पछि झापा गोल्डकप हुन लागेको हो । अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता फागुन २१ देखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने आयोजकले जनाएको छ। गोल्डकप आयोजक समितिले विर्तामोडमा पत्रकार सम्मेलन गर्दे प्रतियोगिता बारे जानकारी दिएको हो ।
झापा गोल्डकप आयोजक समितिका संयोजक विनोद बस्नेतले काठमाडौँ बाहिर सबैभन्दा बढी फुटवलदको गतिबिधि हुने गरेको भएपनि कोभिडका कारण थला परेका खेलकुदका गतिबिधिलाई जगाउने प्रयास गरिएको बताए । ‘प्रतियोगिता हरेक बर्ष हुँदै आएको थियो कोभिडले केही बर्ष रोकिदियो, उनले भने, २ बर्षपछि फेरी पुरानै लयमा फर्काउने तयारी गरेका छौँ ।’
झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकको दाबी छ ।
प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा झापा ११ फुटबल क्लबसहित नेपालका ९ र विदेशी एक गरी १० वटा टिमको सहभागिता रहने समितिका संयोजक बस्नेतले बताए ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्