१३ बैशाख २०८१, बिहिबार

गोधुली कप फुटवल प्रतियोगिता पुस २४ देखि हुने, पुरस्कार राशी बृद्धि

संवाददाता

धरान । धरानको चर्चित गोधुली कप फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको छ। धरानमा हुने यही पुस २४ गतेदेखि माघ ८ गतेसम्म गोधुुली फुटवल प्रतियोगिता आयोजना गर्न लागिएको गोधुली क्लबले जनाएको छ। गोधुली रनिङ कपको २२ औं सँस्करणसम्म आउँदा यो बर्षदेखि पुरस्कारको राशी समेत बढाईएको आयोजकको दाबी छ । गोधुली क्लबका अनुसार प्रथम पुरस्कार वृद्धि गरेर बिजेतालाई १ लाख ५० हजार बनाईएको छ भने उपविजेताले ७५ हजार नगद पुरस्कार पाउनेछन् । गत बर्षसम्पन्न प्रतियोगितामा विजयी टिमले १ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गरेको थियो । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिश केसीले जानकारी दिए
धरान १६ रंगशालामा हुने प्रतियोगिताको तयारी पुरा भएको उनले बताए । प्रतियोगितामा धरानको २० वटै वडाको टिम सहभागी हुने केसीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्