१६ चैत्र २०८०, शुक्रबार

झापामा आगो निभाउने क्रममा एकजनाको मृत्यु, १६ जना घाईते

संवाददाता

विराटनगर । आगो निभाउने क्रममा झापामा एकजनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ पिपल चौकमा रहेको केशब पाठकको घरमा भएको आगलागी नियन्त्रणमा लिने क्रममा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । मृत्यु हुनेमा मेचिनगर नगरपालिका ८ का ४५ बर्षीय सारदा राजवंशी रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
गएराती पाठकको टिनको छानो, चित्राको बेरा भएको कच्चि घरमा अचानक आगोलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्कीँदा राजबंशी लगाएत १६ जना घाईते भएका थिए । घाईते मध्ये राजबंशीको उपचारको लागी एन्जल मेडिकल धुलाबारीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता नविनराज राईले बताए। अन्य घाईतेहरुको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा राती नै नियन्त्रणमा आएको छ। आगो के कारणले लागेको भन्ने खुल्न नआएको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्