०७ बैशाख २०८१, शुक्रबार

एमालेका जिल्ला कमिटिहरु अधिबेशनको अन्तिम तयारीमा

संवाददाता

विराटनगर । नेकपा एमालेलेले जिल्ला अधिबेशनलाई तिब्रता दिएको छ। झापा, मोरङ र सुनसरी सहितका जिल्लामा २३ र २४ गते अधिबेशनको तयारी भईरहेको नेकपा एमालेले जनाएको छ । नेकपा एमाले झापाको पुस २३ र २४ गते १० औं झापा जिल्ला अधिवेशन गर्दै छ । त्यस्तै मोरङले नवौँ जिल्ला अधिबेशन गर्ने तयारी गरेकोछ ।
तयारी तिब्र रुपमा अघि बढेको नेकपा एमालेले जनाएको छ । झापा जिल्ला अधिबेशन बिर्तामोडको हिमाल सागर रिसोर्टमा हुने कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए । यस पटकको अधिवेशनमा प्रतिनिधिहरु मात्रै सहभागी हुने छन् । अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ । झापा अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए ।
नेकपा एमाले मोरङको नवौँ जिल्ला अधिवेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागी हुने छन् । पुस २३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १५९ वटै वडाहरुबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने जिल्ला सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक रुपेश खतिवडाले जानकारी दिए ।
एमालेले पदाधिकारी चयन गर्दा सकेसम्म सर्वसम्मत गर्ने र नभए निर्वाचन प्रकृयामा जाने जनाएको छ । मोरङमा १६५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछन् । अधिवेशनले पदाधिकारी सहित जिल्ला कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्ने जनाईएको छ ।
सुनसरी जिल्लाले पनि अधिबेशनलाई तिब्रता दिएको छ। नेकपा एमाले सुनसरीको सातौँ जिल्ला अधिबेशन २३ गते नै उद्घाटन हुँदैछ । ईनरुवा नगरपालिका १मा रहेको खेलमैदानमा हुने उद्घाटनलाई एमालेका नेता केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट सम्बोधन गर्नेछन् । सुनसरी जिल्ला अधिबेशनका लागि २ हजार प्रतिनिधि सहभागी हुने एमाले सुनसरी प्रचारप्रसार उपसमितिका सहसंयोजक रवी खनालले जानकारी दिए । नेकपा एमालेले पुस २३ र २४ गते देशभरी नै जिल्ला अधिबेशन गर्दैछ।

यहाँ कमेन्ट गर्नुहोस्