१५ बैशाख २०८१, शनिबार

गाँजा सहित सिटी सफारी चालक पक्राउ

संवाददाता

गाँजा सहित पक्राउ परेको सिटी र गाँजा ओसारपसारमा संलग्न ब्यक्ति

विराटनगर । मोरङको सुन्दरहरैचाबाट ७ किलो गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । सुन्दर हरैँचा नगरपालिका ७ बाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा शहिद भूमी गाउँपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परेको थियो । सिटीमा गाँजा फेरा परेपछि प्रहरीले राईको कोठा समेतमा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरेको जनाएको छ। सिटी सफारी सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्