१२ बैशाख २०८१, बुधबार

एमाले सुनसरीको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता, पदाधिकारीमा पनि प्यानलै उम्मेदवार

संवाददाता

विराटनगर । नेकपा एमाले सुनसरीमा चुनाव हुने संभावना बढेको छ । आज दिउँसोसम्मको लागि भनेर मनोनयनको समय तोकिएकोमा अध्यक्षमा ३ जनाले मनोनयन दर्ता गरेका छन् । उपाध्यक्ष पदका लागि पनि ३ जनाको उम्मेदवारी दर्ता भएको नेकपा एमाले सुनसरीले जनाएकोछ । सचिवमा २ जना, उपसचिवमा २ जनाकालागि ७ जनाले उम्मेदवारी दर्ता गरेपछि मिलाउन सकस हुने देखिएको छ। निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि खेमराज पोखरेल, द्धारिकलाल चौधरी र रेवती रमण भण्डारीले मनोनयन दर्ता गरेका छन् । उपाध्यक्षमा नन्दकुमार बस्नेत, निलम खनाल र लीलम बस्नेतले उम्मेदवारी दर्ता गरेका हुन् । पर्शुराम यादव र शत्रुधन यादवले सचिवमा मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएकोछ ।
उपसचिवको लागि अञ्जनीकुमार पोखरेल, पदमप्रसाद लिम्बु, योग्यराज खड्का, राम कोईराला, लहरुमायाा जिमी र लोकेश निरौलाले मनोनयन दर्ता गरेका छन् । नेकपा एमाले सुनसरी जिल्ला प्रचारप्रसार उपसमितिका सहसंयोजक रवी खनाले भोली दिनभर सहमतीको प्रयास हुने र उम्मेदवारी फिर्ता लिने समय राखिएको र सहमती नभए मंगलवार निर्वाचन हुनसक्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्