१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा मास्क नलगाई हिँडे एक सय जरिवाना

संवाददाता

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले माघ १ गतेदेखि सीमा क्षेत्रमा कडाई गर्ने भएको छ। डिसिसिएमसीको बैठकले नागरिकलाई भारतीय सिमा क्षेत्रको बजारमा नजान भनिएको प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले जानकारी दिए । ‘सिमा नजिकैको बजारमा नजान भनिएको छ, उनले भने, माघ १ गतेदेखि खोप कार्ड पनि अनिवार्य गरिएको छ।’
डिसिसीएमसीको बैठकले बिद्यालयहरुको जाडो बिदासँग जोडेर स्थानीय तहलाई बिद्यालय १५ दिन बिदा दिने तर शिक्षा विकास तथा समन्वय ईकाईसँग समन्वय गर्न भनिएको उनले बताए । माघ १ गतेदेखि बिना मास्क सडकमा नागरिक हिँडेको पाईएमा प्रति पटक १०० का दरले जरिवाना गरिने पनि प्रमुख जिल्ला अधिकारी दाहालले मकालुखबरलाई जानकारी दिए । ओमिक्रोन भाईरस र त्यसको संक्रमणको दर बढ्दै जाँदा त्यसबाट नागरिक बढी प्रभावित हुने भएपछि सिमा क्षेत्रसँगै सार्बजनिक स्थलमा हुने भिडभाडलाई कडाई तथा मास्क अनिवार्य गर्न लागिएको हो ।
‘पुस मसान्त भित्र प्रचार प्रसारलाई तिब्रता दिईने छ, प्रमुख जिल्ला अधिकारी दहालले भने, माघ १ गतेदेखि मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना गरिने छ।’ सबै उद्योग प्रतिष्ठानमा काम गर्न पनि प्रशासनले भनेको छ । यदि माक नलगाएको पाईए सम्बन्धित ब्यवसायका मालिक जिम्मेवार हुने भएकोले त्यस्तो पाईए ५ हजारसम्म जरिवाना गर्ने डिसिसिएमसीको निर्णय छ ।
अब पसल तथा व्यवसाय संचालकले समेत सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने छ ।

यहाँ कमेन्ट गर्नुहोस्