१३ बैशाख २०८१, बिहिबार

हिसान क्रिकेटको उपाधि कोशी क्याम्पसलाई

संवाददाता

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटको उपाधि कोशी क्याम्पस जितेको छ ।
विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा शुक्रबार भएको फाइनल खेलमा अरनिको कलेजलाई ८ विकेटले पराजित गरि कोशीले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय २ रनको स्कोर खडा गरेको थियो । अरनिकोका अंकित मण्डलले १८ रन बनाउँदा दिप स्वर्णकारले १५ रन र सुमन मण्डलले १४ रनको योगदान दिएका थिए । कोशीका रञ्जन कामतले २ लिँदा अमित रोयले पनि २ विकेट लिए ।
जवाफमा १ सय ३ रनको चुनौती पछ्याएको कोशीले १७ ओभरमा २ विकेट गुमाई लक्ष्य पुरा गर्यो । कोशीका म्यान अफ द फाइनल वितेश यादवले ४१ रन बनाउँदा रोहन विकले नटआउट ३८ रनको योगदान दिए । अरनिकोका चन्दन यादव र राहुल नायकले १–१ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट खेलाडि अरनिकोका अंकति मण्डल घोषित हुँदा उत्कृष्ट बलर अरिनिकाकै अविशेक बराल र उत्कृष्ट ब्याटर कोशीका रोहन विक घोषित भए । पुष २४ गतेदेखि शुरु भएको क्रिकेटमा हिसानमा आबद्ध १३ कलेजको सहभागि रहेको थियो ।
विजेता तथा अन्य खेलाडिलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष राजेश कार्की, हिसान मोरङका बरिष्ट उपाध्यक्ष अमित ढकाल र हिसान मोरङकाका सल्लाहाकार ज्ञानबहादुर खडका लगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

यहाँ कमेन्ट गर्नुहोस्