०७ बैशाख २०८१, शुक्रबार

तीनथान भरुवा बन्दुक सहित एकजना पक्राउ

संवाददाता

विराटनगर । मोरङको लेटाङबाट प्रहरीले तीन थान एकजनालाई पक्राउ गरेको छ। लेटाङ नगरपालिका ९ बसन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० बर्षीय ईन्द्र बहादुर राई रहेका छन् । आज बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडिरहेको अबस्थामा पक्राउ गरेको जनाएको छ। उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक–३ नाल, बारुद–२ डब्बा, गोली –१८ थान, छर्रा–५ पोका, खुकुरी–१ थान, गेटिस (गुलेली)–१ थान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्