१३ बैशाख २०८१, बिहिबार

विराटनगर हेल्थ प्रोफेसनलले बाड्यो न्यानो लुगा

संवाददाता

विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले आइतबार ग्रामथान २ झोराहाटको रवी आधारभूत विद्यालयमा अध्ययन गरिरहेका १०० जना साना विद्यार्थीलाई स्वेटर वितरण गरेका छन् ।
लायन्सका संस्थापक मेल्भिन जोनका सम्झनामा लायन्स अन्तर्राष्ट्रिय ३२५ ए १ का गभर्नर रेवतबहादुर कार्कीले आव्हान गरेको सप्ताहव्यापी ‘सर्भिस विक’ का अन्तिम दिन लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलले न्यानो कपडा वितरण कार्यक्रम राखेको क्लबका अध्यक्ष प्रमोद चौधरीले बताए ।
रवी आधारभूत विद्यालयमा दलित विद्यार्थीहरु मात्रै अध्ययन गरेकाले सो विद्यालय छनोट गरेको अध्यक्ष चौधरीले बताए । क्लवले औपचारिक कार्यक्रम गरेर स्वेटर हस्तान्तरण गरेको थियो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, उपाध्यक्षहरु डा. शुनिल रेग्मी र अनिल शर्मा, सचिव प्रमोद साह, विद्यालय प्रधानाध्यापक जितेन्द्र सरदार, विद्यालय विकास समितिका सदस्यहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्