०८ बैशाख २०८१, शनिबार

मेलामा बोलाईएका कलाकार नआएपछि सुनसरीमा तोडफोड र आगजनी

संवाददाता

विराटनगर । सुनसरीको बर्जुमा मेला आयोजना स्थलमा दर्शकले तोडफोड गरेका छन् । आधा दर्जन गाडीमा आगजनी भएको छ। । सुनसरीको बर्जुमा आयोजना गरिएको मोहत्सवमा तनाव आगजनी र तोडफोड भएको हो । स्थानीय पै्रशासनको कमजोरीका कारण ४ वटा स्कारपियो जलाईएका छन् भने ५० बढी मोटरसाईकल र स्कुटरहरु तोडफोड भएको प्रहरीले जनाएको छ। प्रशासनले मेला नलगाउन भन्दा भन्दै काकोरोनाको बिचमा लगाईएको मेलाका कारण बोलाईएको कलाकार नआएपछि आक्रोशित दर्शकले स्कारपियोमा आगो लगाए भने मोटरसाईकल, स्कुटलमा तोडफोड गरेको र कुर्सीहरु समेत तोडफोड गरेर आगो लगाएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार भारतीय कलाकार खेसरीलाल यादव भन्ने कलाकार भारतको बिहारबाट नआएको भन्दै उनका फ्यानहरुले तोडफोडमा उत्रिएपछी तनाव उत्पान्न भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले मेला नलगाउन भनेर जानकारी गराउँदा गराउँदै मेला आयोजना गरिदिँदा घटना भएको बताएका छन् । कोभिडका कारण आउनु पर्ने कलाकार नआएपछि टिकट काटेर मेलामा प्रबेश गरेका आक्रोशित दर्शकले चार वटा भारतीय स्कारपियो जनाएको तथा ५० बढी स्कुटर र मोटरसाईकलमा तोडफोड गरेको एसपी थापाले मकालुखबरलाई जानकारी दिए । घटनालाई नियन्त्रणमा लिन ब्यापक प्रहरी परिचालन गरिएको उनले बताए । यो घटनामा स्थानीय प्रशासनको गम्भीर लापरवाही देखिएको छ। जिल्ला प्रशासन कार्यालयले कोभिडको महामारीमा पनि मेला लगाउन दिँदाको परिणम अहिलेको बिध्वंश भएको स्थानीयले आक्रोश ब्यक्त गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्