०७ बैशाख २०८१, शुक्रबार

बिराटनगरमा मास्क लगाऔं, कोरोना भगाऔं अभियान शुरु

संवाददाता

विराटनगर । प्रदेश १ को राजधानी बिराटनगर कोरोनाको हटस्पट बनेको छ। बिगत केहीदिनदेखि बढेको कोरोनाको संक्रमणका कारण बिरामी विरामी पर्नेको संख्या बढेपछि बिराटनगरमा मास्क लगाऔँ अभियान शुरु भएको छ।
विगत केही दिनयता वढदो क्रममा रहेको कोभिड १९ को संक्रमण दरलाई मध्यनजर गरी उद्योग संगठन मोरङले बुधबारदेखि विराटनगरमा मास्क लगाऔं, कोरोना भगाऔं अभियान शुरु गरेको हो ।
विराटनगरको ट्राफिक चोकबाट प्रारम्भ गरिएको मास्क वितरण अभियान विराटनगरको विभिन्न भिड हुने स्थानहरुमा लाई सात दिनसम्म चलाईने संगठनका अध्यक्ष सुवेशराज प्याकुरेलले जानकारी दिए । यस अभियान अन्तर्गत मास्क नलगाई हिड्ने मानिसहरुलाई निशुल्क मास्क प्रदान गरिने र मास्क लगाउन अभिप्ररित गरिने उनको भनाई छ।
कोभिड १९ को वढदो संक्रमणले आममानिसको जनजिवनलाई प्रभावित पार्नुका साथै अस्पतालहरुमा समेत संक्रमितको संख्या वृद्धि भई विरामीको चाप वढने क्रममा रहेको अवस्थामा संक्रमण फैलिन रोक्ने अचुक विकल्पको रुपमा रहेको मास्कको प्रयोग आममानिसलाई प्रेरित गर्ने संगठनले विश्वास लिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्