०६ बैशाख २०८१, बिहिबार

नातिनीको हत्यामा संलग्न ब्यक्ति १२ बर्षमा पक्राउ

संवाददाता

अदालतले दोषी ठहर गरेको ब्यक्तिहरु /तस्विर : जिल्ला प्रहरी कार्यालय सुनसरी

विराटनगर । बि.सं. २०६६ बैशाख १६ गते सुनसरीमा एउटा घटना घट्यो एक बालिकाको घाँटी बटारेर हत्या भएको ।
साबिकको भोक्राहा गाबिस वडा नम्बर २मा घरमै रहेकी बालिकालाइ उनकै हजुरबुबाले हत्या गरेको प्रहरीले पत्ता लगायो । ५ वर्षीया सोशिला कुमारी खत्वेलाई घाटी वटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडेको अबस्थामा फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा फरार रहेका मृतक बालिकाका हजुरबुबा वसन्त खत्वेले घाँटी बटारेर हत्या गरेको तथ्य फेला पार्यो ।
अदालतमा मुद्दा पुग्यो अदालतले खत्वेलाई २०७४ साल बैशाख २४ गते जन्मकैदको फैसला सुनायो । फरार रहेका उनलाई प्रहरीले खोजी गर्दै गयो तर उनी फरार कै सुचिमा थिए । भारतीय बजार तथा नेपालका बिभिन्न ठाउँमा लुकेर हिडेका खत्वेलाई केहीदिन अघि नियन्त्रणमा लियो । ६२ बर्षिय खत्वे अहिले जेल चलान भईसकेका छन् । यो त एउटा प्रतिनिधि मुलक घटना मात्र हो । यस्ता घटनामा संलग्नलाई प्रहरीले खोजी खोजी नियन्त्रणमा लिन थालेको छ।
२३८ जना एक महिनामा पक्राउ
जिल्ला प्रहरी कार्यालय सुनसरीले एक महिनाको अबधीमा बिभिन्न मुद्धाका २३८ जनालाई पक्राउ गरेको छ । बिभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको तर फरार ब्यक्तिहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएएको छ। पक्राउ पर्नेहरु ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरु रहेको सुनसरी प्रहरीले जनाएको छ।
साउन १ गते देखी २५ गतेसम्म सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी सम्मानित जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापालले बताए ।
कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार लगायतका मुद्दामा सजाय तोकीएपनि फरार रहेका उनीहरुलाई पक्राउ गरिएको थापाले बताए । उनीहरुबाट ४९ वर्ष कैद सजाय फछ्यौँट भएको र ९ लाख ३५ हजार ३ सय १९ रुपैया जरिवाना समेत असुल भएको सुनसरी प्रहरीले जनाएको छ। ‘फरार पक्राउको यस अभियानले अपराधिक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द लक्षित छ, उनले भने, अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ ।’

यहाँ कमेन्ट गर्नुहोस्