११ बैशाख २०८१, मंगलबार

कलाकार खेसारीलालद्धारा आयोजकसँग भारु १ करोड १५ क्षतिपुर्ति माग

संवाददाता

विराटनगर । भारतीय कलाकार खेसारीलाल यादवले आयोजकबाट क्षतीपर्तिको माग दाबी गरेका छन् । बर्जु गाउँपालिमा भएको घटनाको सम्पुर्ण जिम्मेबारी आयोजक समिति भएको दाबी गर्दै उनले घटनामा आफ्नो भारु १ करोड १५ लाख क्षती भएको बताएका छन् ।
कालाकार खेसारीलालले आयोजक समिति बिरुद्ध नेपाल प्रहरीमा १ करोड १५ लाख भारुको क्षतिपुर्तिको मागदाबी सहित निबेदन दिएका छन् । घटनामा २० लाख मुल्यपर्ने ८० लाख भारतीय मुल्य बराबरको ४ वटा गाडी र ३५ लाख भारतीय मुल्य बराबरको सांगितिक उपकरणहरु नष्ट भएको उनको दाबी छ । घटनापछि नायक खेसारीलाल भारत गएका छन । मंगलवार बर्जु गाउँपालिकाको वडानम्बर ६ मा आयोजित बर्जु महोत्सवमा खेसारीलाल नआएको भन्दै उत्तेजित समुहले तोडफोड र आगजनी गरेको थियो ।
आयोगकको मनपरी असुली
आयोजक समितिले भोजपुरी भाषाका सुपरहिट भारतीय कलाकार खेसारीलाल आउने भन्दै ५ सय सम्मको टिकट बिक्री गरेको थियो । उनको कार्यक्रम हेर्न सुनसरी, मोरङ सहित मधेश प्रदेशका विभिन्न जिल्लाका साथै भारतीय सिमाबर्ती क्षेत्रबाट पनि दर्शकहरु मेलामा पुगेका थिए ।
नगद लिएर टिकट विक्री गरेपनि अन्तिम समयमा आयोजक समितिले खेसारीलाललाई कार्यक्रममा उपस्थित गराउन नसकेपछि दर्शक आक्रोशित भएका थिए । उत्तेजित भीडले कार्यक्रमस्थलमा रहेको ४ वटा भारतीय नम्बरप्लेटको गाडी सहित सांगितिक उपकरण, स्टेज र कुुर्सी तोडफोड जलाएको थियो ।
बर्जुमा आगजनी र तोडफोड हुँदैगर्दा खेसारीलाल बिराटनगरकै एशियाटिक होटलमा थिए । कार्यक्रममा सहभागि हुन मंगलबार बिहान साढे ८ बजे जोगबनी नाकाहुँदै ५ वटा गाडीमा दुइ दर्जन बढी सहयोगी कलाकारसहित विराटनगर आएर होटलमा बसेका थिए ।
खेसारीलाल कार्यक्रममा जानु अघिनै सांगितिक टोली र बाद्य बादन सहितको ४ वटा गाडी कार्यक्रम स्थलमा पुगेको थियो । कार्यक्रम स्थलमा पुगेका चारवटा गाडी र ल्याईएको महँगो सांगितिक उपकरणहरु समेत तोडफोड र आगजनी भएको खेसरीलालले जानकारी दिएका छन् । घटनाको बारेमा उनले आयोजकले सम्पुर्ण जिम्मेबारी लिनुपर्ने बताएका छन् । कोरोनाको तीब्र संक्रमणका बेला प्रशासनले रोक लगाउदा लगाउदै पनि समेत आफुलाई अवस्था जानकारी नगराई सहभागि गराउन खोजिएको उनको दाबी छ ।

यहाँ कमेन्ट गर्नुहोस्