१२ बैशाख २०८१, बुधबार

विराटनगरको वेलनेस अस्पतालले ल्यायो, कोभिड संक्रमण पछिको प्राकृतिक उपचार योजना

संवाददाता

विराटनगर । विराटनगरमा रहेको ओम वेलनेस अस्पताललले बिशेष स्वास्थ्य योजना ल्याएको छ। । बिगत २ बर्षदेखि सञ्चालनमा आएको अबस्पतालले प्राकृतिक चिकित्सकिय पद्धतीबाट उपचार गर्दै आएको छ । विराटनगर–२ बरगाछीमा अवस्थित ओम वेलनेस अस्पतालले प्राकृतिक चिकित्सा पद्दती सहितको बिशेष स्वास्थ्य योजना ल्याएको हो ।
कोभिड १९ पछिको स्वास्थ्य अवस्थालाई सुधार गरी स्वास्थ्य समस्याबाट मुक्त वनाउने योजना ल्याईएको अस्पतालले जनाएको छ । संक्रमणपछि बिरामीमा देखिने शारिरिक र मानसिक समस्याबाट छुटकारा गराउने हाम्रो अभियान हो, अस्पताल की डा. नम्रता सापकोटाले भनिन्, स्टिम बाथ, जलनेती, जडिबुटी समिश्रणबाट निर्माण गरिने पोट्ली मसाज र डाक्टरसँगको अन्तरक्रिया हुनेछन् । कोभिडको महामारीका कारण नागरिकमा मानशिक तथा शाििररिक रुपमा समस्याहरु देखिएकोले कोभिड लक्षित योजना शुरु भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्