०५ बैशाख २०८१, बुधबार

यस्तो छ, विराटनगर महानगरपालिकामा करोना नियन्त्रणको तयारी

संवाददाता

विराटनगर नगरपालिका

विराटनगर । विराटनगर नगरपालिकामा  कोभिड संक्रमित बढिरहेका छन्। अहिले स्थानीय तहमा संक्रमितहरू २ हजार आठ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।

हालसम्म २४ हजार ४९७ जना कोभिड संक्रमित भएको र हालसम्म कोरोना संक्रमणका कारण ४२६ जनाले मृत्युवरण गरिसेकेको उनले जानकारी दिए।

कोभिड–१९ नियन्त्रणको लागि स्थानीय तहले जन–चेतनाका लागि विभिन्न माध्ययमबाट प्रचारप्रसार गरिरहेको उनी बताउँछन्। उनका अनुसार, हटस्पट लोकेसन भएको स्थानहरूमा एन्टिजेन परीक्षण, नाकामा हेल्थ डेस्क स्थापना, नाकाबाट वारपार गर्ने व्यक्तिको कोभिड परीक्षण र जनचेतना दिइरहेका छौं।

खोप लगाएका र कोभिडको परिक्षणको रिपोर्टको नेगेटिभ भए मात्र सीमाबाट प्रवेश गर्ने दिएको उनले बताए। आवश्यकताअनुसार विभिन्न सथानलाई डिसइन्फेक्सन गरिरहेका उनले तर्क गरे।

उनका अनुसार संक्रमितका लागि संस्थागत आइसोलेशनको व्यवस्था, संक्रमितलाई होल्डिङ सेन्टरबाट ओसार्न नेपाल रेडक्रस सोसाइटीको साझेदारी र सहयोगमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरे गरिएको छ। देशभर सञ्चालन भइरहेको नियमित खोप सेवा सञ्चालन गरिरहेको उनले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्