१५ बैशाख २०८१, शनिबार

गल्फमय बन्दै धरान, देशभरीका १४० खेलाडी आउने

संवाददाता

धरान । धरान आगामी फागुन १३ र १४ गते गल्फमय हुँदैछ । बाह्रखरी मिडियाले प्रदेश १ को धरानमा पाँचौ कर्पोरेट गल्फ प्रतियोगिता आयोेजना गर्न लागेको हो । आगामी फागुन १३ र १४ प्रदेश १को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्न लागिएको धरानमा आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । धरान गल्फ क्लबका सदस्य तथा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता भएको बताए । समृद्धिको लागि खेल , पर्यटन र उद्यममैत्री ब्यवहार भएकोले यस्ता कार्य महत्वपुर्ण भएको बताए । देशभरीबाट १४० जना खेलाडी सहित करिब ५ सयको सहभागी रहने गरि तयारी भईरहेको आयोजकले जनाएको छ।
बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले प्रदेश १को समृद्धिमा जोड दिएर कार्यक्रम ल्याईएको बताए । खेलको विकाससँगै इटहरीमा योङ आन्टरप्रिनुअर्ससँग मिलेर कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारको सहभागितामा कार्यक्रम गर्न लागिएको बताउँदै यस कार्यक्रम सफलताका लागि पत्रकारलाई सहयोग गर्न आग्रह गरे ।
बिजेतालाई गोल्डेन बल पुरस्कार
कर्पोरेट गल्फ प्रतियोगिताका बिजेताले गोल्डेन बल पाउने भएको छन् । गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले पहिलो पटक नेपालले गल्फमा गोल्डेनबल पुरस्कार दिन लागेको बताए । ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागि गराउन समस्या हुने जानकारी दिए । बिभिन्न्न बिधामा पुरस्कार दिने जानकारी दिँदै उनले ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको बताए । ‘यसको आकर्षक भनेकै गोल्डेन बल हो, उनले भने, यो संसारमा कहिँ पनि राखेको पाइँदैन ।’
बृटिशहरुले शुरु गरेको गल्फ
धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले धरानको गल्फ कोर्स ब्रिटिशहरुले शुरु गरेको बारेममा जानकारी दिए । सन् १९९० तिर यहाँ छाडेर पोखरामा सिफ्ट भएकाले त्यसपछि धरान गल्फ क्लबको रुपमा शुरु भएको बताए । ‘बिचमा निर्माणा कन्ट्री क्लबले पनि गल्फ चलाउन थालेको थियो, उनले भने, बिचमा त्यो पछि छाडेर हिँडेपछि धरानमा गल्फ धरानेले खेल्दै आएका छौँ ।’

यहाँ कमेन्ट गर्नुहोस्