०८ बैशाख २०८१, शनिबार

नेपाल जनस्वास्थ्य संघको प्रदेश अध्यक्षमा प्रसाई चयन

संवाददाता

विराटनगर । नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा सागर प्रसाई सहितका पदाधिकारीले सर्बसम्मत चयन भएका छन् । नेपाल जनस्वास्थ्य संघ प्रदेश १ को निर्वाचन कार्यतालिका अनुसार पदाधिकारीहरु निर्विरोध भएको निर्वाचन समितिले जनाएको हो । उजुरी, दाबी बिरोध, फिर्ता गर्ने सम्बन्धमा सहमती भएपछि संघको पदाधिकारी घोषणा भएको हो । जसको अध्यक्षमा सागर प्रसाई, उपाध्यक्षमा ब्रजेशकुमार मेहता, सचिवका सुर्यनारायण चौधरी, सहसचिवमा प्रबिण यादव, कोषाध्यक्षमा देबेन्द्र भट्टराई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा संगिता अधिकारी, लक्ष्मी शाक्य, कृष्णप्रसाद बजगाई, राजेन्द्र कुुईकेल, गजेन्द्र प्रसाद यादव र धिरेन्द्र खड्का चयन भएको निर्वाचन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदाबधि २ बर्षको हुनेछ । हरेक २ बर्षमा हुने निर्वाचनले नयाँ नेतृत्व गयन गर्ने ब्यवस्था छ।

यहाँ कमेन्ट गर्नुहोस्