२० बैशाख २०८१, बिहिबार

विराटनगर जुनियर जेसिजको अध्यक्षमा न्यौपाने

संवाददाता

बिराटनगर जुनियर जेसिज

बिराटनगर जुनियर जेसिजको अध्यक्षमा विकल्प न्यौपाने निर्बिरोध निर्वाचित भएका छन । बिराटनगर जेसिजको सभा हलमा सम्पन्न निर्वाचन प्रक्रियाबाट २७ औ अध्यक्षका रुपमा न्यौपाने निर्वाचित भएका हुन । तालिम संयोजकमा गौरव कर्ण, कार्यकारिणी उपाध्यक्षमा हेनारीका ढकाल र अमन मण्डल निर्वाचित भए । उपाध्यक्षमा शिल्पा सुबेदी, विनिता राई र आयुस खतिवडा निर्वाचित भएभने जन सम्पर्क अधिकारीमा विधान क्षेत्री निर्बिरोध भएको निर्वाचन अधिकृत अङ्कित थापाले जानकारी दिए ।
नव निर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा मातृका भण्डारी, महासचिबमा आयुशा खतिवडा कोषाध्यक्षमा प्रिन्स पौडेल , सह सचिबमा दिया बानियालाइ नियुक्त गर्दै आफ्नो बोर्डलाइ पुर्णता दिएका छन् । अपोइन्टिजहरुमा सरु पराजुली, संरक्षण भट्टराई, विवेक राजवंशी र सन्चिता श्रेष्ठ रहेका छन ।
जेसिज वर्ष २०२१ की अध्यक्ष जिना शर्माले नव निर्वाचित पदाधिकारीलाई शुभकामना दिदै आफ्नो कार्यकालमा पुरा हुन नसकेका काम बर्ष २०२२ ले पुरा गर्ने बिश्वास ब्यक्त गरिन् । सस्थापक अध्यक्ष सन्देशदास श्रेष्ठले लामो यात्रा तय गरेको जुनियर जेसिजलाइ नयाँ उचाइ दिन नव निर्वाचित अध्यक्ष विकल्प सक्षम रहने कुरामा आफु बिश्वस्त रहेको र आफ्नो साथ सदैब रहने बताए ।
कार्यक्रममा बिराटनगर जेसिजका अध्यक्ष देवचन्द्र घिमिरे, बिराटनगर जेसिजका कार्यकारिणी उपाध्यक्ष अभिनास थापा, उपाध्यक्ष मिलाप कर्ण, बिराटनगर जेसिजका पुर्व अध्यक्ष टिपी आचार्य, उज्वल खरेल, जुनियर जेसिजका पुर्व अध्यक्ष रमित श्रेष्ठ, सनराइज चौधरी , प्रितेशराज दाहाल, पंकज सापकोटा लगायत सहभागी थिए ।

यहाँ कमेन्ट गर्नुहोस्