०४ बैशाख २०८१, मंगलबार

ईटहरीमा भाषा कला साहित्य परिषद गठन

संवाददाता

सुनसरी । इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य,कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो ।
परिषदको सह संयोजकमा मणिराज गुरुङं, टीका आत्रेय, सचिवमा बद्री भिखारी, सहसचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहेका छन् ।
सदस्यहरुमा रीता ताम्राकार, सुष्मा तिम्सिना, दुर्गा दाहाल, अभिशेख तिम्सिना, सोनु जयन्ती, दिनेश कोइराला, प्रकाश सुब्बा, हेमन्त गौतम र नविन न्यौपाने रहेका छन् ।
त्यस्तै मोहन तुम्वाहाङको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । उपप्रमुख लक्ष्मी गौतमले परिषदले इटहरीको कला, साहित्य र संगीतको विकासकालागि नगरपालिकालाई सुझाव तथा सल्लाह प्रदान गरि इटहरीको साहित्य संगीत र कला क्षेत्रका विकासमा महत्वपूर्ण कार्य गर्ने अपेक्षा रहेको बताईन् ।
संयोजक कृष्णविनोद लम्सालले साहित्य र कलाका सम्पूर्ण विधालाई समेटेर
सवैपक्षको हित गर्ने कार्यविधि निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । इटहरी नगरका बिभिन्न भाषा, धर्म संस्कार संस्कृतिको सहर भएकोले त्यसको उन्नयनका लागि काम हुनेमा जोड दिए ।
साहित्य कलालाई उन्नति प्रगति तर्फ उन्मुख गराउन परिषद अगाडि बढ्ने
वताए । भेलामा सल्लाहकार संयोजक मोहन तुम्माहाङ, साहित्यकार कृष्ण अधिकारी, संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, लोक गायक बालकृष्ण कार्की लगायतका साहित्यकार
कलाकारहरुको सहभागीता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्