१६ चैत्र २०८०, शुक्रबार

मन्त्रालय फुटाउनुको औचित्य पुष्टि गर्न एमालेको माग

संवाददाता

विराटनगर । प्रदेश १ को सरकार गठबन्धनले मन्त्रालय टुक्र्याउन लागेको भन्दै बिरोध गरेको छ। जनतालाई निराशा पर्ने गरि सरकारले भएका मन्त्रालयहरु बिभाजन गरेको प्रति एमालेले असन्तुष्टि जनाएको हो । नेकपा एमाले प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपाने एक बिज्ञप्ती जारी गर्दै प्रदेश सरकारले भएको ६६ वटा मन्त्रालय फुटाएर १२ वटा बनाउनुको औचित्य पुष्टि गर्न भनेको छ।
‘प्रदेश सरकारको पुजीगत खर्चको तुलनामा साधारण खर्च अत्यधिक रहेको, विकास आयोजनाहरुमा वजेट कटौती भएको, वजेटको अभावमा महत्वपुर्ण आयोजनाहरु अलपत्र रहेको वर्तमान अवस्था छ, बिज्ञप्तीमा भनिएको छ, प्रदेश सरकारका साविक ६ वटा मन्त्रालयलाई फुटाएर १२ वटा मन्त्रालय खडा गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्न नेकपा(एमाले) वर्तमान गठवन्धन सरकार र त्ययमा संलग्न दलहरुलाई सम्झाउन चाहन्छ ।’ प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरि नौचित्यपुर्ण तवरले गरिएको मन्त्रालयहरु थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन एमालेले माग गरेको छ।
मुलुकको ढिकुटीमा व्रम्हलुट मच्चाउने, जनताको ढाड सेक्ने र संघिय लोकतान्त्रीक गणतन्त्रलाई वदनाम गराउने गठवन्धन सरकारका कलुसित निर्णयको भन्दै त्यसको भत्र्सना गरेको छ। ‘सत्ता गठवन्धनमा सम्लग्न दलहरु राज्यको ढिकुटीको दोहन, भागवण्डा एवं दुरुपयोग गर्दै दलिय स्वार्थको आत्मरतीमा मस्त छन, न्यौपानेले जारी गरेको विज्ञप्तीमा भनिएको छ, मुलुकको संविधान, लोकतान्त्रीक गणतन्त्र, संघियता तथा आफ्नै प्रतिवद्घता विपरित वर्तमान सरकार राज्यसत्ताको व्यापक दुरुपयोग गर्दै निहित स्वार्थ पुर्तिमा लिप्त भएर एक पछि अर्को जनविरोधि निर्णयहरु थोपरिरहेको छ ।’

यहाँ कमेन्ट गर्नुहोस्