१६ चैत्र २०८०, शुक्रबार

बिद्युतीय भन्सार महसुल बारे विराटनगरका ब्यवसायीलाई प्रशिक्षण

संवाददाता

विराटनगर । भन्सार विभागले प्रँरम्भ गरेको विद्युतीय भुक्तानी (ईपेमेन्ट) का सम्वन्धमा अभिमुखिकरण दिईएको छ। उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा बिराटनगरमा ब्यवसायीलाई अभिमुखिकरण दिईएको हो।
नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभागले आयात निर्यात तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले प्रारम्भ गरेको विद्युतीय माध्यमबाट भन्सार महसुल भुक्तानी बारेमा प्रशिक्षण दिईएको थियो । महसुल भुक्तानी प्रकृयाका सम्वन्धमा उद्योग व्यवसायका कार्यरत जनशत्तिको क्षमता अभिवृद्धि गरी यस सम्वन्धमा थप स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले बताए ।
कार्यक्रममा विराटनगर भन्सार कार्यालयका माधव अधिकारी र दिपक कार्कीले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा सेवाग्राहीले अपनाउनु पर्ने प्रकृया, भुक्तानीको माध्यम, उद्योगी÷व्यवसायीले अपनाउनु पर्ने सावधानी लगायतका विषयमा जानकारी गराएका थिए ।
विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरुले अनलाईन मार्फत भुक्तानी गर्दा भोग्न परेको समस्याका वारेमा अवगत गराउदै वैंक र भन्सारले आ–आफनो कार्यलय समयमा एकरुपता ल्याउनु पर्ने वताएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्