०८ बैशाख २०८१, शनिबार

झापा र खोटाङमा भएको दुर्घटनामा दुईजनाको मृत्यु

संवाददाता

विराटनगर । खोटाङ र झापामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । खोटाङको रावाबेशी गाउँपालिका–५ भदौरेमा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको हो । ढुंगा बोक्न जादै गरेको प्रदेश २–०३–००१त ३२९४ नम्वरको ट्रयाक्टर सडकमा साईड लागेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रयाक्टरमा सवार रहेका रावाबेशी–५ का रोशन बि.क.का् मृत्यु भएको हो । बिकलाई ट्याक्टरको चक्काले किचेर ज्यान गएको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले जनाएको छ।
यता झापामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–६ राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ का २७ बर्षीय बमबहादुर लेप्चा रहेको प्रहरीले जनाएकोे छ । बिहान १० बजे को समयमा तर्फ जाँदै गरेको बा. ०३–००१ ख २१४० नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १–०१–१५ प १७६५ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाईकल चालक लेप्चा र मोटरसाईकल पछाडि सवार सोही स्थानका २५ बर्षीय नारद लेप्चा घाईते भई उपचारको लागि बि.एन.सि. अस्पताल बिर्तामोड लगिएकोमा बम बहादुर लेप्चाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। । ठक्कर दिने ट्रक र चालक मकवानपुर भिमफेदीका सन्तोष निजारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्