१२ बैशाख २०८१, बुधबार

मिरगञ्जको बिकल्प पुल सञ्चालनमा ल्याउन भारतीय उपमुख्यमन्त्रीलाई आग्रह

Click Biratnagar

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला मन्त्री र भारतको बिहारका उपमुख्यमन्त्री बिच दुई देश बिचका समस्याको बारेमा छलफल भएकोछ। प्रदेश १सँग जोडिएका बिषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा विराटनगरको सिंघीया, केसलिया खोलाको समस्या र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधान गर्ने बारेमा भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की बिच छलफल भएको हो ।
नेपाल आएका बिहारका उपमुख्यमन्त्री प्रसादसँग भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघीया र केसलियामा तटबन्धसहितको करिडोर निर्माणको गर्ने बारेमा छलफल भएको बताईएको छ। मन्त्री कार्कीको सचिवालयका अनुसार प्रदेश १ को बिहारतर्फ बग्ने सिंघीया र केसलिया नदीमा आउने बाढीले नेपाल र बिहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित तटबन्धसहितको करिडोर निर्माण गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिएका थिए
गत पुस २२ गतेदेखि बन्द रहेको मिरगञ्ज पुलको बिकल्प खोज्ने बारेमा पनि छलफल भएको छ । बिराटनगरको रानी भन्सार भन्दा करिब चार किलोमिटर दक्षिण रहेको मीरगञ्ज पुलको विकल्प खोज्न मन्त्री कार्कीले आग्रह गरे । पुल भासिएपछि रानी नाकाबाट मालवाहक साधनबाट आयात–निर्यात रोकिएकोले त्यसको बिकल्पमा रहेको अर्को पक्कीपुल अबिलम्ब संचालनमा ल्याउन उनले प्रसादलाई आग्रह गरेका छन् ।
दुवै प्रदेशमा हुने गरेका आपराधिक गतिविधि नियन्त्रण गर्ने, भारतको बिहारसंग जोडिएको सीमा नाकामा सुरक्षालाई व्यवस्थित बनाउने, दुई प्रदेशको सीमा क्षेत्रमा सामाजिक सद्भाव बढाउने विषयमा पनि सकारात्मक छलफल भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्