१४ बैशाख २०८१, शुक्रबार

भब्य सपथग्रहण कार्यक्रम भईरहँदा सरकारका मन्त्री बस्ती निर्माणमा

संवाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीले एकलौटी गर्न थालेको भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरु नै असन्तुष्ट हुन थालेका छन् । प्रदेश प्रमुखको कार्यालयमा भब्य सपथग्रहण कार्यक्रम भईरहँदा सरकारको साझेदार नेपाली कांग्रेसबाट मन्त्री भएका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की सपथग्रहण स्थलमा गएनन् । उनी नजिकै रहेको एउटा नयाँ निर्माण हुदै गरेको बस्तीमा जनश्रमदानमा थिए । दिनभरी जासो नै श्रमदान गरेका कार्कीलाई सपथ ग्रहण गराउने बारेमा थाहा नभएको बताए । ‘मुख्यमन्त्री ज्यु ले आज भोली भन्दै २।४दिन लगाईदिनु भएको थियो सपग ग्रहणको ग्यारेन्टी थिएन, उनले भने, आफ्नो सेडियुलको कार्यक्रम बस्ती निर्माणमा स्वयमसेवकसँग श्रमदान गर्ने रहेकोले यो कार्यक्रममा आएको हुँ ।’
उनले यस अघि मन्त्रीपरिषदको बैठकले १२ वटा मन्त्रालय बनाउने भनेर गरेको निर्णय गरेपनि रातारात १३ वटा मन्त्रालय बिस्तार गरेको भन्दै असन्तुष्टि जनाए । १२ वटा मन्त्रालय बनाउने सहमती क्याबिनेटबाट पास गरेको थियो तर रातारात मन्त्रालय थपेर १३ वटा बनाएकोमा उनको असन्तुष्टि देखिन्थ्यो । मन्त्रालय बिस्तार गर्ने बारेमा सम्बन्धित सत्ता साझेदार दल तथा मन्त्रीहरुसँग सल्लाह समेत नगरेको आरोप कार्कीको छ।
‘मन्त्रालय बढाएको बारेमा त्यही क्याबिनेटमा भएको मन्त्रीले संचारमाध्यामबाट थाहा पाउनु आश्चर्य जनक हो, उनले संचारकर्मीसँग प्रतिक्रिया दिँदै भने, यो आश्चर्यजनक हो, उहाँ (मुख्यमन्त्री)ले सरकारको काम गर्नु भएको हो या पार्टीको काम गर्नु भएको हो, त्यो हेक्का उहाँलाई हुनुपथ्र्यो ।’
कार्कीका अनुसार, बिहान फोन गरेर मुख्यमन्त्रीलाई सोध्दा हो भन्ने जानकारी आएको र त्यही कुरा दलको नेतालाई पनि मन्त्रालय बिस्तार गरेको बारेमा थाहा नभएको र नसोधनेको भनेपछि त्यस सपथग्रहणमा जानु उपयुक्त नदेखेपछि आफु नगएको कार्कीले बताएका छन् । ‘पब्लिकको सेन्टीमेन्ट मन्त्रालय नबढाउन भन्ने थियो, मन्त्रीपरिषदबाट भएको निर्णय बाहिर गएर मन्त्रालय थपिएकोले आफु साँक्षी बस्न मिल्दैन थियो, कार्कीले भने, सपथ ग्रहण बहिस्कार भन्दापनि बाघ कराउनु र बाख्रा हराउनुको संयोग मिलेको हो ।’

यहाँ कमेन्ट गर्नुहोस्