१४ बैशाख २०८१, शुक्रबार

ईटहरीमा संचालनमा आयो अटो केयर सेन्टर

संवाददाता

ईटहरी । ईटहरीमा निसान गाडीको आधिकारिक सर्भिसिङ सेन्टर संचालनमा आएको छ। ईटहरी ५ पस्चिम लाईन राजश्व ढाट नजिकै संन्टर संचालनमा आएको हो । सरस्वती पुजाको अबसर पारेर आईतबार ग्यारेज संचालनमा ल्याएर शुभारम्भ गरिएको हो । एक कार्यक्रमको आयोजना गरि पाथिभरा अटो केयर सेन्टर प्रा.लि. संचालनमा ल्याईएको संचालक लक्ष्मीप्रसाद फुयाँलले जानकारी दिए। करिब ५० लाखको लागतमा सुबिधा सम्पन्न ५ थान मेसिन जडित अटो केयर सेन्टर संचालनमा ल्याईएको उनको भनाई छ। बिगत १५ बर्षदेखि नियमित रुपमा अटोमोवाईल्सको क्षेत्रमा काम गरेका अनुुभबी मेकानिकहरुको समुहले सेवा दिनेगरि अटो सेन्टर संचालनमा ल्याईएको उनको दाबी छ।

यहाँ कमेन्ट गर्नुहोस्