१२ बैशाख २०८१, बुधबार

ईटहरीका ८४ जना बिपन्न बालबालिकालाई कपडा सहयोग

संवाददाता

ईटहरी । ईटहरीका ८४ जना बालबालिकालाई कपडा बितरण गरेको छ। इटहरी उपमहानगरपालिकाका दुईवटा वालविकास केन्द्रका ८४ जना वालवालिकालाई इटहरी उपमहानगरपालिकाले कपडा बितरण गरेको हो । बालविकास केन्द्रका बालबालिका लक्षित गरि ल्याईएको नयाँ नाना कार्यक्रम अन्तरगत लोकतान्त्रिक वालविकास केन्द्र इटहरी १७ र श्रृजनशील वालविकास केन्द्र इटहरी १६का वालवालिकालाई कपडा बितरण गरिएको हो । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले नयाँ कपडा वितरण गरेकी थिईन् । सरस्वती पूजाको अवसर पारेर ति बालबालिकालाई कपडा वितरण गरिएको उनले बताईन् । विपन्न परिवार लक्षित कार्यक्रम अनुसार उपमहानगरपालिकाले बालविकास केन्द्रका स–साना बालबालिाकालाई कपडा बितरण गरेको उपप्रमुख गौतमले वताईन् ।

यहाँ कमेन्ट गर्नुहोस्