१४ बैशाख २०८१, शुक्रबार

विराटनगरको कोशी अस्पतालको सुधारमा दलहरुको चासो

संवाददाता

विराटनगर । कोशी अस्पतालको सुधारकालागि मोरङका राजनीतिक दलहरुले रिफरन नमुना अस्पतालका रुपमा स्थापित गर्न एक हुने प्रतिबद्धता जनाएका छन् । आगामी आर्थिक बर्षको बजेटटमा कोशी अस्पताललाई प्राथमिकतामा राख्नका लागि अस्पताल विकास समिति र अस्पताल प्रशासनको नेतृत्वमा सबै दलहरुले साझा रुपमा पहल गर्ने बताएका हुन् ।
अस्पतालको क्षमता बिस्तार गरि ५ सय बेडको अस्पताल बनाउन भएको ओएनएम सर्बे पारित गराउन भुमिका खेल्ने पनि उनीहरुले बताएका हुन् । अस्पतालको सही ब्यवस्थापनका लागि दलहरुको तर्फबाट बेला–बेला अनुगमन र निरीक्षण गरि समस्या समाधानमा सकारात्मक पहल गर्ने उनीहरुको भनाईंं छ ।
कोशी अस्पतामा पहुँचवालाले मात्र सेवा पाएको नागरिकमा गुनासो बढ्दै जाँदा दलहरुले अनाबश्यक हस्तक्षेप नगर्ने र पहुँच नदेखाउने बताएका छन् । नागरिकले सेवा नपाउने र पहुँचवालाले मात्र सेवा सहजै पाउने गरेको गुनासो आएको छ।
पूर्ब सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य जीवन घिमिरेले कोशी अस्पतालको बिग्रिएको शाख जोगाउनु पर्ने अहिलेको चुनौती रहेको बताए । हिजोको तुलनामा केही सुधार हुँदै गएको छ, उनले भने, कहिले प्रदेश र कहिले संघीय सरकार माताहतमा हुँदा समस्या भएको थियो, अहिले संघीय सरकार माताहतमा हुँदापनि केही कामहरु देर्खिको छ। उनले कोशी अस्पताल प्रदेश कै रिफरल अस्पताल भएकोले नमुना रिफरलm अस्पतालको रुपमा विकास गर्न दलहरुले भुमिका खेल्नु पर्ने बताए ।
नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीलले नागरिकलाई दिने सेवा प्रवाहको बारेमा सुचना प्रणाली ब्यवस्थित नभएको बताए । ‘सुचना अभावका कारण सेवाग्राही अलमलमा पर्ने अबस्था छ, उनले भने, ओपिडि, ईमर्जेन्सीको बारेमा पनि जानकारी प्राप्त गर्न अप्ठेरो छ, सेवा पाउने र दिने बारेमा एउटा हल बनाएर हेल्प डेस्क बनाएर जाने हो भने धेरै नागरिकको समस्या समाधान गर्न सकिन्छ ।’ अस्पताल प्रबेश गर्ने बितिकै सेवा के पाउने, कहाँ–कहाँ पाउने, कति बजेदेखि कतिबजेसम्म सेवा पाउने भन्ने सुचना नागरिकलाई दिनुपर्ने बताए ।
नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पतालको जनशक्तिलाई सही ब्यवस्थापन गर्ने हो भने धेरै समस्या समाधान हुने बताए । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र काम नगर्नेलाई कार्वाही गर्नेगरि जानु पर्ने उनको धारणा छ । अस्पतालको सुधार गर्न दलका प्रतिनिधि सहितको उपस्थितीमा समितिका पदाधिकारी, प्रशासन प्रमुख, शाखा प्रमुखहरु बसेर छलफल गरेर जानसक्नु पर्ने बताए । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले समस्या दलहरुमा नै रहेको बताए । ‘हामीबाट शुरु भएको समस्या हामी जहाँ जहाँ जन्छौँ त्यही जान्छ, उनले भने, पहिला हामी सुध्रिएपछि मात्र संस्थाहरु सुध्रिन्छ ।’ सरकारले तोकेको समय भित्र कार्यालयमा नबस्ने डाक्टरलाई कार्वाही गर्नु पर्ने बताए । ‘अहिले डाक्टरहरु कार्वाही हुँदैन भन्नेमा देखिन्छन्, उनले भने, काम नगर्ने नागरिकप्रति जवाफदेही नहने डाक्टरलाई कार्वाही गर्ने हो भने सबै समस्या हल हुन्छ ।’
जसपाका नेता राजकुमार यादवले डेलिभरी अबस्थामा अस्पताल जाँदा पनि भर्ना नहुने गरेको बताए । ‘पहुँचवाला गएको छ भने चाँडो भर्ना हुन्छ, उनले भने, अन्य ब्यक्ति गयो भने भर्ना पाउने अबस्था छैन ।’ तर कोशी अस्पतालमा पहिलाको भन्दा केही सुधारको छनक देखिएको बताए ।
लोसपाका नेता मोहम्मद कादिरले ग्रामिण क्षेत्रबाट आउने सर्बसाधारणलाई धेरै दुख हुने गरेको बताए । पहुँचको आधारमा मात्र सेवा पाउँदा अप्ठेरो अबस्थामा सेवा पाउनु पर्ने नागरिक बञ्चित हुने अबस्था आउने बताए । अस्पताल विकास समितिले सबैदलहरुलाई बोलाएर समस्याको बारेमा छलफल गर्ने हो भने धेरै समस्या हल भएर जाने बताए । राप्रपाका नेता माधवराज आचार्य र टंक गुरागाईँले आर्थिक अबस्था कमजोर भएको ब्यक्ति उपचारको लागि जाने गरेकाले यस्तो अबस्थामा नागरिकका गुनासा सुन्न हेल्पडेस्क राखिनु पर्ने बताए ।

के हुँदैछ अस्पतालको काम
कोशी अस्पतालको समस्या भिड ब्यवस्थापन, भौतिक संरचनाको निर्माण, अस्पतालको क्षमता बिस्तारसँग जोडिन्छ । अस्पतालको क्षमता बिस्तारको लागि संघीय सरकारले चासो दिएको देखिँदैन ।
५०० बेड क्षमताको लागि ओएनएम सर्बे र आबश्यक पर्ने निर्णयहरु गरेर कोशी अस्पताल प्रशासनले निर्णय गरेर पठाएको भएपनि त्यसको लागि स्वीकृत प्रदान गर्ने काम नभएको अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले जानकारी दिए । कोशी अस्पतालललाई ५सय बेडको रुपमा स्वीकृती प्रदान गर्ने हो भने अहिलेको जनशक्तिको समस्या समाधान हुने उनको भनाई छ। अहिले निर्माण शुरु भएको भौतिक संरचनाको काम पुरा हुँदा एक हजार बेड क्षमताको काम हुने बताए ।
‘कोशी अस्पतालमा साँढे ७ अर्बको रकमको गुरुयोजना शुरु भएको छ, उनले भने, साँढे ३ अर्बको १० तले भवना बनाउने शुरु भएको छ।’ तत्काल २० करोडबाट अस्पताल सुधारको स्तरोन्नतीको काम शुरु भएको उनले बताए । ‘अक्सीजन प्लान्ट ३ वटा तयार भएको छ, उनले भने वदुई वटा नर्मल खालको १०० र १९० सिलिण्डर खालको छ भने, २ हजार सिलिण्डर क्षमताको लिक्वीड प्लान्ट तयार भएको छ।’ फोहोर प्रसोधनका लागि थन्किएका २ करोडको मेसिनबाट फोहोर ब्यवस्थानको काम अघि बढाईएको दाबी उनको छ।
प्रसुतीबाट निस्किएको फोहोर ब्यवस्थापनको लागि बायोग्यास प्लान्ट शुरु भएको छ। ग्यासहरु निकालेर अस्पतालले प्रयोग गर्नसक्ने गरी काम शुरु भएको उनले जानकारी दिए

यहाँ कमेन्ट गर्नुहोस्