०८ बैशाख २०८१, शनिबार

महालक्ष्मी नगरपालिकाको अन्तिम नगरसभा।तस्नवटा ऐन पारित

संवाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । नगर सभाले तीन वटा ऐन तथा प्रस्तावहरु पास गरेको छ । नगर प्रमुख पर्शुराम नेपालले सभामा पेश भएका एजेण्डाहरुमाथि छलफल भएको थियो । सभामा पालिकाका जनप्रतिनिधिहरुको साँढे ४ बर्षे कार्यकालको समिक्षा पनि गरिएको छ । कार्यकाल उपलब्धिमूलक भएको उनीहरुको निश्कर्र्ष छ।
कतिपय अवस्थामा बजेट अभावले सोचे अनरुप काम गर्न नसकिएको जनप्रतिनिधिहरुले बताएका छन् । सिमित स्रोत साधन र बजेटबाट उपलब्धि हाँसिल गर्न सकिएको उनीहरुको भनाइ छ। नगर सभामा सभाध्यक्ष एवं नगर प्रमुख नेपाल र उप–प्रमुख मञ्जु अधिकारीले हालसम्म नगरले गरेका मुख्य–मुख्य कामहरुको बारेमा जानकारी गराएका थिए ।
२०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो । २०७४ असार १४ गते भएको निर्वाचनबाट महालक्ष्मी नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएका हुन् । उनीहरुको पाँच बर्षे कार्यकाल सकिन लागेको छ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेकाले वर्तमान जनप्रतिनिधिहरुको यो अन्तिम नगर सभा हो ।

यहाँ कमेन्ट गर्नुहोस्