१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा ओरेकद्धारा कार्यक्रम व्यवस्थापन तथा परामर्श समिति गठन

संवाददाता

विराटनगर । महिला पुर्नस्थापना केन्द्र (ओरेक) परियोजना कार्यालय मोरङले प्रभावकारी रुपमा अभियान सञ्चालन गर्नका लागि परामर्श समिति गठन गरेको छ । केन्द्रिय अध्यक्ष रेणु अधिकारीको अध्यक्षतामा माघ २५ गते बसेको सरोकारवालहरुसँगको संयुक्त वैठकले समिति गठन गरेको हो ।
परामर्श समितिको संयोजक मन्जिता उपाध्याय रहनुभएको छ भने सदस्यहरुमा डिक प्रसाद घिमिरे, चन्द्र उपाध्याय, उमेश विश्वकर्मा, मुस्कान श्रेष्ठ, इन्दिरा बराल पौडेल, इन्द्र चौधरी, विमलादेवी दास र भिस्मा रेग्मी रहनुभएको छ । ओरेक प्रदेश १ प्रमुख सुम्नीमा श्रेष्ठ समितिको सदस्य सचिव रहने व्यवस्था हुने जनाईएको छ ।
ओरेकले सञ्चालन गरेका विभिन्न अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उदेश्यले परामर्श समिति गठन गरिएको ओरेक प्रदेश १ प्रमुख सुम्निमा श्रेष्ठले जानकारी दिईन ।

यहाँ कमेन्ट गर्नुहोस्