१५ बैशाख २०८१, शनिबार

शंकास्पद प्रेसर कुकर राख्ने समुहका नौँ जना पक्राउ

संवाददाता

विराटनगर । झापाको बिर्तामोड बसपार्क र दमक स्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक मिति र बिभिन्न स्थानबाट पक्राउ परेका ९ जनालाई प्रहरीले सार्बजनिक गरेको हो । प्रहरीका अनुसार गौरादह न.पा.–२ का ३८ बर्षीय सुमन कुमार कार्कीको योजनामा बिस्फोटक पद्धार्थ राखेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा योजनाकार कार्की सहित झापा कन्काई न.पा.–३ का ४१ बर्षीय भिष्म थापा, दमक न.पा.–९ कि ५० बर्षीया देवी बास्कोटा (गुरागाई), कान्काई न.पा.४ स्थित कोटीहोममा पुजारी काम गर्ने ५८ बर्षीय कुमार भन्ने यमदत्त सिटौला, सिवसताक्षी न.पा.–१ का ३२ बर्षीय सरुण लिम्वु भन्ने दिल कुमार सामेखाम छन् । त्यस्तै संखुवासभा खाँदवारी न.पा.–१० घर भई हाल सुन्दरहरैचा–६ मोरङ बस्ने २९ बर्षीय मनमोहन दाहाल, झापा गौरिगञ्ज गा.पा.–३ का ३२ बर्षीय आन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह न.पा.–५ का ३३ बर्षीय प्रदीप थापा र गौरीगञ्ज गा.पा.३ का ४५ बर्षीय बिजय कुमार दास हलुवाई रहेको प्रहरीको दाबी छ।
झापाको विर्तामोड नगरपालिका–४ स्थित पश्चिम बस स्टेण्डमा मिति २०७८ साल माघ ०९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर, हिमाल सुरक्षा परिषदको नामको पर्चाहरु फेला परेको थियो । त्यस्तै माघ १३ गते दमक नगरपालिका–५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद बस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामको पर्चाहरु फेला परेको घटनामा उनीहरु संलग्न रहेको प्रहरीको दाबी छ। १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा सो गतिविधिमा संग्लग्न व्यक्तिहरुलाई फरक फरक स्थानबाट पक्राउ गरि सार्बजनिक गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
पक्राउ परेका ब्यक्तिहरुबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपाल लेखेको पर्चा २ थान, हिमाल सुरक्षा परिषद नेपाल लेखिएको लेटर प्याड ५ थान, बैङ्कको चेकबुक २ थान, केन्द्रिय कमिटि, कोशी अंचल, मेची अंचल कमिटिको हस्ताक्षर मात्र भएको छापहरु १० थान, बिभिन्न कम्पनीका ७ थान मोवाईल फोन बरामद गरेको जनाएको छ।
पक्राउ परेका ९ जनाको समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरेर कानुनी प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्