१४ बैशाख २०८१, शुक्रबार

प्रदेश १ मा अस्पताल सुदृढीकरणका लागि पाँच बर्षीय सम्झौता

संवाददाता

विराटनगर । प्रदेश १ को अस्पतालको सुदृढीकरणका लागि काम शुरु भएको छ । प्रदेश १ मा स्वास्थ्य मन्त्रालय स्थापना भएसँगै निक्ससाइमन ईन्ष्टीच्युट र स्वास्थ्य मन्त्रालयका बिच अस्पताल सुदृढीकरणको क्षेत्रमा पहिलो पाँच बर्षीय सम्झौतामा हस्ताक्षर भएको हो । आगामी ५ बर्षको लागि अस्पतालको स्तरोन्नती गर्ने बारेमा सहमती पत्रमा हस्ताक्षर भएको स्वास्थ्य मन्त्रालय अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख सागर प्रसाईले जानकारी दिए । यो बर्ष १० वटा अस्पतालमा सहयोग गर्ने, बर्र्ष ८ वटा र बाँकी ३ बर्षमा ६ वटा अस्पतालमा सहयोग गर्ने गरि सहमती भएको उनले बताए । चिकित्सकीय बिशेषज्ञसेवालाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले पठाएको बिशेषज्ञलाई त्यस स्वास्थ्य संस्थामा टिकाई राख्नका लागि थप सेवा उपलब्ध गराउने छ । प्रदेश अस्पतालको विकाससँगै स्थानीय तहका महत्वपूर्ण केही अस्पतालहरुमा एमबिबिएसको ब्यवस्थापन गर्ने पनि यो ५ बर्षे स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा समेटिएको उनले जानकारी दिए ।
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा अनुप भट्टाचार्य र निक्ससाइमन ईन्ष्टीच्युटका डाईरेक्टर अनिल श्रेष्ठ बिच भएको सम्झौतामा स्वास्थ्यकर्मीहरुकालागि अस्पतालको सेवा सम्बन्धि तालिम र अनुसन्धानमा काम गर्ने उल्लेख गरिएको छ। अस्पतालहरुमा बिग्रिएका उपकरणको मर्मत सम्हारका लागि बायोमेडिकल ईन्जिनियरिङमा पनि सहयोग गर्ने सम्झौतामा भनिएको छ। यो ५ बर्षको अबधिमा प्रदेश १मा निक्ससाइमन ईन्ष्टीच्युटले मन्त्रालय मार्फत ३१ करोड बढी रकम स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा खर्च गर्ने छ । सम्झौँतामा प्रदेश सरकारले तोकेको हब अस्पताललाई अतिरिक्त बिशेषज्ञ सेवाको लागि सहयोगको लागि पहल गर्ने पनि भनिएको छ।
मन्त्रालल र निक्ससाइमन ईन्ष्टीच्युटका बिच भएको सम्झौता कार्यक्रममा सहभागी प्रदेश स्वास्थ्यमन्त्री जयराम यादवले सरकारले स्वास्थ्य क्षेत्रको सुढृढीकरणकोलागि काम गरिरहेको बताए । प्रदेश १ मा स्वाथ्य मन्त्राल स्थापना भएपछि पहिलो सम्झौता भएकोमा खुसी ब्यक्त गर्दै मन्त्री यादवले सरकारी अस्पतालको स्तरोन्नतीमा ठुलो टेवा पुग्ने बताए । ‘मन्त्रालयले आफ्नो तर्फबाट सरकारी अस्पतालको सुधार र स्तरोन्नतीकालागि कामहरु गर्दै आएको छ, उनले भने, अहिलेको यो सम्झौताले थप साहयोग पुग्नेछ ।’

यहाँ कमेन्ट गर्नुहोस्