१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा रक्तदान, ६७ पिन्ट रगत संकलन

संवाददाता

विराटनगर । कोभिडको महामारीको बिचमा रगत अभावका कारण नागरिकको जीवन रक्षाकालागि विराटनगमा रक्तदान आयोजना गरिएको छ। विराटनगरमा अखित प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ प्रदेश १ ले २७ औ जनयुद्ध दिवस तथा प्रजातन्त्र दिवसको अबसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । शनिबार भएको रक्तदान कार्यक्रममा ६७ पिन्ट रगत संकलन भएको महासंघकी प्रदेश ईन्चार्ज अन्जना पोखरेलले जानकारी दिईन् । हरेक बर्ष जनयुद्ध दिपसको अबसर पारेर महासंघले रक्तदान लगायतका सामाजिक कार्य गर्दै आएको छ।

यहाँ कमेन्ट गर्नुहोस्