१६ चैत्र २०८०, शुक्रबार

नेकपा एमाले मोरङ-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सिग्देल

संवाददाता

विराटनगर । नेकपा एमाले मोरङ काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुभाष सिग्देल चुनिएका छन् । काठमाडौंमा सम्पन्न अधिवेशनबाट सिग्देल निर्वाचित भएका हुन् । मञ्चको उपाध्यक्षमा पवित्रा न्यौपाने पोखरेल र सन्तमान गुरुङ सचिवमा तीर्थराज घिमिरे, उपसचिवमा गुणराज दाहाल र तिला कार्की, कोषाध्यक्षमा दुर्गा पुरी चयन भएका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डीतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा केन्द्रीय कमिटी सदस्य नरेन्द्र श्रेष्ठ, विनोद ढकाल, मोरङका उपाध्यक्ष बाबुराम कार्की, १ नम्बर प्रदेश सम्पर्क कमिटीका अध्यक्ष कपिल ओली लगायतका सहभागी थिए । कार्यक्रमका बक्ताहरुले निर्वाचित कमिटीलाई बधाइ दिँदै आगामी स्थानीय र संघ तथा प्रदेशको निर्वाचनमा मञ्चको महत्वपूर्ण भूमिका हुने बताएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्