१४ बैशाख २०८१, शुक्रबार

धरान–भेडेटार सडकखण्डमा पुरुषको शब भेटियो

संवाददाता

विराटनगर । सुनसरीको धरान भेडेटार सडक खण्डमा मंगलवार एक पुरुषको शब फेला परेको छ । कोशी राजमार्ग अन्तरगत सो सडक खण्डको देबीथान नजिकै पुरुषको शब फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सनसरीका अनुसार धरान ४ देवीथान नजिकमा पर्ने सडक किनारमा शब फेला परेको हो । स्थानीयले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शबलाई पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको जनाएको छ। सोही क्षेत्रमा एक हप्ता अघि एक पुरुषको शब टुक्रा टुक्रा पारेको अबस्था झोलामा फेला परेको थियो । मंंगलवार फेला परेको शबको पहिचान नभएको र उक्त पुरुष मागेर हिड्ने ब्यक्ति भएको हुनसक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले मृतक पुरुष मदिरा सेवन गरेरहिँड्न करिक ५५ बर्षीय पुरुष हुन् । उनको पहिचान नखुलेकोले यकिन गर्न सक्ने अबस्था नरहेको उनले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्