१५ बैशाख २०८१, शनिबार

धरानको होटलमा महिला मृत, हत्याको आशंका

संवाददाता

धरान । सुनसरीको  धरान १८ कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा पनि एक महिला मृत फेला परेकी छिन् । शरिरमा चोटपटक लागेको अबस्थामा महिला फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। होटलको एक कोठामा महिलाको शरिरलाई सिरकले ओढाएको अबस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले ईटहरी घर बस्ने ३९ बर्षी सुमित्रा तामाङ मृत अबस्थामा भेटिएको जानकारी दिए । सोमबार होटलमा गएका दुबै जना रातिसँगै रहेको र बिहान उनी त्यहाँबाट हिडेको भन्ने जानकारीमा आएको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको बारेमा पहिचान खुलेपछि घटनामा संलग्न ब्यक्तिको नजिक प्रहरीको अनुसन्धान पुगेको उनले मकालुखबरलाई जानकारी दिए । ‘हामी निरन्तर अनुसन्धानमा छौँ, उनलेभने, हाम्रो अनुसन्धानले घटनामा संलग्नको पहिचान नजिक पर्याएको छ।’ मृतक महिलाको श्रीमान ब्रनाईमा रहेको अनुसन्धानबाट खुलेको छ । मृतकको झोलामा भएको कागजपत्रको आधारमा उनको परिचय र ठेगाना खुलेको प्रहरीको भनाई छ। मृतकको ठेगाना पाँचथरको मिक्लाजुङ गाउँपालिका १ झोलामा रहेको मतदाता परिचयपत्रबाट खुलेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्