१५ बैशाख २०८१, शनिबार

ईटहरीमा एउटै बिद्यालयमा १५ करोड , छात्राबास सहितको भवन बन्ने

Click Biratnagar

बिराटनगर । ईटहरीको एक सामुदायिक बिद्यालयको स्तरोन्नतीको लागि भवन निर्माणको काम शुरु भएको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा छात्रावास सहितको सुविधा सम्पन्न भवन निर्माणको काम शुरु भएको हो ।
इटहरी उपमहानगरपालिकाको नगर गौरवको योजना अन्र्तगत कचना वुढिगंगा माध्यामिक बिद्यालयको लागि सुबिधासम्पन्न भवन निर्माणको शिलान्यास भएको हो । मंगलवार एक कार्यक्रमका बिच इटहरी उपमहानगरपाकिाका प्रमुख द्धारिकलाल चौधरीले भवनको सिलान्यास गरे । कार्यक्रममा ईटहरीका मेयर चौधरीले आफनो कार्यकालमा इटहरीको भौतिक पूर्वाधार विकासमा फड्को मारेको दाबी गरे । इटहरीका नागरिकको सहयोगमा इटहरीका जनप्रतिनिधिले सम्वृद्धिको अगुवाई गरेको बताए । इटहरीवासीले गाँसकाटेर दिएको करवाट इटहरी वनेको उनको भनाई छ ।
उपप्रमुख लक्ष्मी गौतमले छात्रावास सहितको अत्याधुनिक सामुदायिक विद्यालय यो सुनसरीमै पहिलो हुने दाबी गरिन् । इटहरी उपमहानगरको शैक्षिक क्षेत्रको फरक र महत्वपूर्ण गौरवको कार्यक्रम रहेकोले यसले बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयमा ल्याउने बताईन् ।
करिब १५ करोड ४४ लाख ७७ हजारको लागतमा दुई बर्षभित्र छात्रावास सहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । शिक्षाको सुधारका लागि पहिला भौतिक संरचना आबश्यक हुने भएकोले उपमहानगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि भौतिक संरचना निर्माणको अभियान शुरु गरेको शिक्षा महाशाखा प्रमुख सुर्य सुबेदीले बताए । राष्टिय योजना आयोग मार्फत संघीय सरकारको विशेष अनुदानमा उपमहानगरपालिकाको दश प्रतिशत लगानीमा भवन निर्माण शुरु भएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्