१५ बैशाख २०८१, शनिबार

पेशागत महासंघको मोरङ अध्यक्षमा शर्मा चयन

संवाददाता

विराटनगर । पेशागत महासंघ मोरङको अध्यक्षमा प्रकाश शर्मा चयन भएका छन् । मंगलवार सम्पन्न जिल्ला अधिबेशनबाट शर्माको नेतृत्वमा १५ सदस्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा गुरुप्रसाद अधिकारी, पृथ्बीकुमारी बस्नेत, सचिवमा शालिकराम कोईराला, कोषध्यक्षमा विनोद यादव चयन भएका छन् । सह सचिवमा अशोक रेग्मी चयन भएको महासंघले जनाएको छ। सदस्यहरुमा अन्तिम आचार्य, डिल्लीप्रसाद पोखरेल, गिता भुजेल, हरि पोखरेल, निता राई, चुडामणी निरौला, प्रेम धिमाल, यादव गौतम र सरस्वती न्यौपाने जयन भएका छन् । ओमराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज विनोद ढकालले पेशागत महासंघले हरेक क्षेत्रमा आफ्नो उपस्थिती बलियो बनाउनु पर्ने बताए । ढकालले नेकपा एमाले भित्रको पेशागत क्षेत्रहरुलाई समेटेर बनेकोले ति क्षेत्रहरुलाई अब्बल बनाई, एमालेका अभियानमा एक ढिक्का भएर लाग्न आग्रह गरे ।

यहाँ कमेन्ट गर्नुहोस्