०७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ मा मार्च ८ सिर्जनात्मक बनाउने तयारी

संवाददाता

विराटनगर । मार्च ८ मनाउने सन्दर्भमा प्रदेश १ सरकारले छलफल थालेको छ। प्रदेश १ सामाजिक विकास मन्त्रालयमा भएको एक छलफलको क्रममा अन्तराष्ट्रिय महिला दिवस मनाउने बारेमा सरोकारवालासँग छलफल भएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्पूर्ण हुने भएकोले मार्च ८ लाई बिशे्ष महत्व दिने गरिएको बताए ।
महिलामाथि हुने विभेद विरुद्ध शुरु भएको आन्दोलनको सम्झनामा हरेक वर्ष मनाईने अन्र्तराष्ट्रिय महिला दिवसलाई व्यापक रुपमा मनाउनु पर्नेमा मन्त्री राईले जोड दिए । मन्त्री राई औपचारिकतामा मात्रै दिवस नमनाई सिर्जनात्मक रुपमा मनाउनु पर्नेमा जोड दिए ।
सामाजिक विकास मन्त्रालयले आगामी मार्च ८ का दिन प्रभातफेरि र दीपप्रज्वलन गरि मनाईने निर्णय गरेको छ। प्रभातफेरि र दीप प्रज्वलनका लागि व्यवस्थापन समिति गठन गरिएको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताईन् ।
सवै सामाजिक संघ संस्थाको सहभागितामा प्रहरी व्याण्ड र प्रदेश १ को संस्कृति झल्कने गरि झाँकी सहितको कार्यक्रम आयोजना हुने उनको भनाई छ। ‘सामाजिक न्याय लैंगिक समानता, दीगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाईँदैछ । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल लगायतले दिवस मनाउने बारेमा सबै क्षेत्रको सहभागीता गर्नु पर्नेमा जोड दिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्